राष्ट्रिय हक्की प्रतियोगिता वैशाख १७ गते शुरु हुने

  • वैशाख १५, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता वैशाख १७ गते शुरु हुने भएको छ।

यही वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्।

खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछ। पुरुषतर्फ ८ तथा महिलातर्फ ४ समूहले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ मधेश, कर्णाली, गण्डकी, कोशी र बागमती प्रदेश, नेपाल पुलिस क्लब, नेपाल आर्मी र एपिएफ क्लब सहभागी हुनेछन्।

एपिएफ हक्कीमा नयाँ समूह रहेको आयोजकले जनाएको छ। पुरुषतर्फ सहभागीलाई २ समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिग कम नकआउट आधारमा हुने महासचिव श्रेष्ठले जानकारी दिइन्। महिलातर्फ गण्डकी, मधेश र बागमती प्रदेश तथा नेपाल आर्मीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

राउन्ड रोविन लिगपछि शीर्ष २ स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष ३ स्थान हात पार्ने समूहले क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने महासचिव श्रेष्ठले जानकारी दिइन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ।

राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ र महिलाका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved