पूराना भन्दा नयाँ राजावादी असली र राष्ट्रवादी छ्न ।

  • वैशाख १५, २०८२
  • कालापानी मिडिया
alt

युरोप । जसले राजा बाट पटक–पटक अवसर लिए, लाभ लिए, उही आज राजा र राजसंस्थालाई दोषारोपण गर्छन् । बाहिर-बाहिर मुखले त भनिरहेका हुन्छन्  “राजसंस्था ल्याउँछौं” भनेर ।

जनताको अगाडि भाषण पनि दमदार नै गर्छन् कि आजै टपक्कै टिपेर राजालाई सिंहाशनमा बासाली पो हाल्छन जस्तै गरी । तर, तिनिहरुको असली रुप अर्कै छ । हात्तिको देखाउने दात र चपाउने दात फरक हुन्छ भने झै पुराना आफुलाई कट्टर राजावादी भन्नेहरु अहिले त्यसतै बनेको भान हुन थालेको छ । तिनिहरु न आफू केही गर्ने न अरुलाई केही गर्न दिने मनसायमा देखिन्छन । जसले राजाप्रती आस्था राख्छ र राजा र हिन्दुराज्य चाहिन्छ भनेर सडकमा उर्लिन्छ उसलाई त ती पुरानाहरुले अझ काखी च्याप्नुपर्ने हो, साथ र सहयोग गर्नुपर्ने हो तर यहाँ त उल्टो जसले त्यस्ता कार्यक्रममा सहभागी भयो उसलाई नै कार्बाहिको भागेदार पो बनाउने काम भैरहेको छ । राजा चाहिदैन हामिले यो मुद्दा  बोक्दैनौ भन्न पनि नसक्ने अनि  राजा चाहिन्छ भन्नेहरुलाई गुम्राहमा पनि राखिराख्ने यस्ता दोग्ला चरित्र अब सहन गर्न सकिदैन । यस्ता सदावहार, मौसमी राजावादी नेताहरू भन्दा मलाई दुर्गा प्रसाईजस्ता निष्ठावान् र स्वाभिमानी व्यक्ति कैयौं गुणा बढी असली राजावादी र राष्ट्रवादी लाग्छन्।

पञ्चायत कालमा मन्त्री बनेर फाइदा लिएका, प्रजातन्त्र आएपछि फेरि पदमा पुगेका, अहिले आएर आफूलाई ‘पुराना राजसंस्था वादी नेता’ भनेर चिनाउनेहरूभन्दा आज अन्य दलहरूबाट स्वस्फूर्त रूपमा राजसंस्था वादी आन्दोलनमा आएका नयाँ अनुहारहरू धेरै बढी इमान्दार, निष्ठावान् र जनताको मन जित्न सक्ने देखिन्छन्।

यदि पञ्चायती व्यवस्था अन्तर्गत ती मन्त्री र उच्चपदस्थहरूले कर्तव्यपूर्वक राष्ट्रको सेवा गरेका भए, आज पञ्चायती व्यवस्था पतन हुने थिएन। ती पुराना लाभको भागीदारहरू आज पनि नेतृत्वमा रहन खोज्नाले जनताले घृणा गर्न थालेका छन्।

आज जनताको मन जित्ने क्षमता उनमा छैन; उनीहरू पुरानो विगतको बोझ मात्र हुन्। आज एमाले, माओवादी, कांग्रेस र स्वतन्त्र जमातभित्र समेत ठूलो संख्यामा राजसंस्थाप्रति आस्था राख्ने नयाँ पुस्ता जन्मिएको छ। तर उनीहरू ७०/७५ वर्ष काटेका, पुरानो सत्ता लाभमा रमाएका नेताहरूको नेतृत्वमा चल्न चाहँदैनन्।

राजसंस्था वादी आन्दोलन अब युवा पुस्ताको आन्दोलन हो। अब नेतृत्व नयाँ, निडर, स्वच्छ र निष्कलंक अनुहारहरूले गर्नुपर्छ। पञ्चायती फाइदा भोगेकाहरूले आन्दोलनमा सल्लाहकारको भूमिका मात्र लिनु उपयुक्त हुन्छ। किनकि तपाईहरूले पाएका अवसरहरूमा राष्ट्रसेवा भन्दा आफ्नै फाइदालाई प्राथमिकता दिएर आज यो दुर्गति ल्याएको इतिहासले गवाही दिएको छ। यसकारण, राष्ट्रवादी जमातको स्पष्ट सन्देश छ — पुराना अनुहारहरू, कृपया अब नेतृत्वको लोभ नगर्नुहोस्।

पछाडि बस्नुहोस्, सल्लाह दिनुहोस्, तर अग्रपंक्तिमा युवा, इमान्दार र राष्ट्रवादी अनुहारहरूलाई अगाडि बढ्न दिनुहोस्। अब राष्ट्र पुनःनिर्माणको जिम्मा नयाँ पुस्ताले उठाउन तयार छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved