नायिका सुरक्षा पन्तले एउटा अन्तर्वार्तामा बोलेको बिषयमा अहिले समाज बिभाजित भैरहेको छ । म चलचित्र व्यवसायमा संलग्न भएको नाताले मलाई धेरैले यो बिषयमा मेरो धारणा सोध्नु भएको छ । त्यसैले म केहि लेख्दैछु ।
कलाकार भएपछि केहि संयमित हुन जरुरी हुन्छ । कलाकार धेरैको आदर्श हुन्छ । कलाकारले के गर्छ, के बोल्छ भन्ने दर्शकको चासो रहन्छ । अहिले गणतन्त्रवादीहरु अभिव्यक्ति स्वतन्त्रताको कुरा गरिरहेको छ भने राजावादीहरु आफ्नो आस्था माथि प्रहार भएकोमा रुष्ट छन् ।
अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने गणतन्त्रवादीहरुलाई एकपटक माओवादी युद्वकाल र ६३ मा गणतन्त्र आएपछिको समय सम्झन आग्रह गर्दछु । माओवादी युद्वकालमा राजावादी भएकै कारण र नेपाली काँग्रेस र एमाले भएकै कारण काटिनु पर्यो र मारिनु पर्यो भने ६३ मा गणतन्त्र आएपछि राजा सहितको राजा चाहिन्छ भन्दा तत्कालीन राप्रपा नेपालका नेता कार्यकर्ता लखेटिए, मरणासन्न हुने गरि कुटाई खाए, कतिलाई कालो मोसो दलिए ।
के अभिव्यक्ति स्वतन्त्रता माओवादी युद्वकालमा दलहरुलाई र गणतन्त्रको शुरुआतीमा राजावादीलाई हुनु पर्ने थिएन ? तर त्यो सबै त्यो बेलाको समयले त्यस्तो भईरहेको थियो । नायक नायिका वा भनौ कलाकारको जात, धर्म, वाद केही हुदैन । किनकी कलाकार कहिले कुन जातको कहिल कुन धर्मको र कहिले कुन वादको प्रतिनिधित्व गरेर पात्रको अभिनय गरिरहेको हुन्छ ।
त्यसैले कलाकारलाई पर्दामा मात्र हैन पर्दा बाहिर पनि त्यहि आदर्शमा हेरिरहेको हुन्छ । तसर्थ कलाकारु संयमित र सन्तुलित हुन जरुरी हुन्छ । शायद नायिका सुरक्षा पन्तले बर्तमान समयलाई मध्य नजर नगर्दा साथै संयमित र सन्तुलित नहुँदा यो अवस्थाको सृजना भएको हो । बर्तमान समयमा गणतन्त्रमा शासन गरिरहेकाहरुले उत्पन्न गरेका बिकृती बिसंगतिको कारण आम जनता रुष्ट छन् र राजसंस्थामा विश्वास बढदै गईरहेको र राजा माथि आस्था बढेर गएको समयमा नायिका सुरक्षा पन्तको अभिव्यक्तिमा धेरै रुष्ट भएको हो जस्तो लाग्दछ । र आफ्नो आस्था माथि प्रहारमा आपत्ति हुनु स्वभाविक पनि हो । त्यसैले बिशेष गरी कलाकारहरु संयमित र संतुलित हुन जरुरी हुन्छ ।
मैले अन्तर्वार्ता हेरिरहदा केही कुरा मलाई खटकिएको हो भने त्यो वहाँको शैली हो । नवयुवराज वा भनौ राजपरिवारले चलचित्र क्षेत्रमा आउन हुन्न भन्ने होईन तर जुन शैलिमा वहाँले अभिव्यक्त गर्नु भयो त्यो अलि अमिल्दो हो । साथै राजा ज्ञानेन्द्रलाई त्यहि शैलीमा सामान्य नागरिक भन्नु परिचालित भनेर अभिव्यक्त गर्नु भयो मलाई लाग्छ त्यसमा आपत्ति हो । राजा ज्ञानेन्द्र राष्ट्रवादी होईबक्सन्छ ।
आफ्नो २४० वर्षको ईतिहास रहेको राजगद्दी जनताको जिउ धनको क्षति हुन्छ भनेर त्यागी बक्स्यो । र आफ्ने मुलुकमा जनताको बिच बसिबक्स्यो । परिचालित राजा हैन दलका नेता कार्यकर्ता हुन, त्यो पटक पटक प्रमाणित भईसक्यो । राजा ज्ञानेन्द्र धेरैको आस्थाको केन्द्र हो । त्यति मात्र हैन यो मुलुकको पुर्व राष्ट्राध्यक्ष पनि हो । सम्मान गर्न नसक्दानै त्यति धेरै आपत्ति हो ।
हामी राजा सहितको प्रजातन्त्र यो मुलुकमा चाहेका छौ । हामी अहिले संयमित हुन जरुरी छ । हामी धर्म मान्ने हौ । तसर्थ संस्कारी हुन जरुरी छ । म आम जनसमुदायमा आग्रह गर्न चाहान्छु । वहाको अभिव्यक्त शैली र समयको माँगको अज्ञानतालेनै हुनसक्छ यो अवस्थाको सृजना भयो ।
अब हामी संग यस्तो कुरामा अलमलिने समय छैन । मुलुकमा राजा सहितको प्रजातन्त्र, हिन्दु राष्ट्रको स्थापना, संघियता खारेजी र भ्रष्टाचार मुक्त मुलुकको मुद्दामा केन्द्रित हुनुपर्ने छ । त्यता तिर लागौ । कलाकार राष्ट्रका गहना हो ।
संयमित र संतुलित बनौ । तपाईहरु धेरैको आदर्श हुनुहुन्छ । हरेक वादका तपाईहरुको प्रशंसक हुन्छन्, यो तथ्यलाई नभुलौ । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved