काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved