भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, अधिकांश सीमावर्ती क्षेत्रमा ‘ब्ल्याक आउट’

  • वैशाख २६, २०८२
  • कालापानी मिडिया
alt

नयाँदिल्ली । पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार राति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न स्थानमा आक्रमण गरेको छ। यी आक्रमणहरू जम्मू-कश्मीर, पञ्जाब र राजस्थानका विभिन्न स्थानहरूमा भएका हुन्। पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको छ । यता भारतीय पक्षले एस-४०० एयर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ।

बुधबार जम्मु र पठानकोटमा आत्मघाती ड्रोनमार्फत आक्रमण भएको थियो। पाकिस्तानी ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोट एयरफोर्स स्टेसनलाई निशाना बनाएका छन् । बिहीबार पनि ती स्थानलाई निशाना बनाउँदै आक्रमण भएको छ ।

भारतीय एयर डिफेन्स सिस्टमले ती आक्रमण निष्फल पारेको जिकिर त्यहाँका सञ्चारमाध्यमले गरेका छन् । अहिले भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान भइरहेको छ। नियन्त्रण रेखा (एलओसी)नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानको तर्फबाट गोली हानिएको जिकिर भारतीय पक्षले गरिरहेको छ ।

कश्मीरका सतवारी, साम्बा, आरएसपुरा सेक्टर र अरनियामा पाकिस्तानले ८ वटा मिसाइलहरू प्रहार गरेको दाबी भारतीय सेनाले एक्समा लेखेर गरेको छ । तनावकाबीच भारतका कयौं क्षेत्रमा ब्ल्याक आउट गरिएको छ ।

 ब्ल्याकआउट गरिएका क्षेत्रहरू :

जम्मु-कश्मीर: जम्मु, उधमपुर, किश्तवाड, अखनूर, साम्बा, श्रीनगर र अनन्तनाग

राजस्थान : बाडमेर, बिकानेर र श्रीगंगानगर

पञ्जाब : चण्डीगढ, जालन्धर, अमृतसर, होशियारपुर, गुरदासपुर र पठानकोट

गुजरात: भुज, कच्छ

बुधबार मात्रै पाकिस्तानले १५ भन्दा बढी भारतीय सैन्य ठेगानाहरूमा हमला प्रयास गरेको बताइएको छ। अपरेशन सिन्दूर’को भोलिपल्ट अर्थात् बुधबार-बिहीबार राति पाकिस्तानले भारतका १५ भन्दा बढी सैन्य ठेगानाहरूमा आक्रमण प्रयास गरेको थियो।

भारतले बिहीबार बिहान पाकिस्तानको एयर डिफेन्स सिस्टम ध्वस्त बनाएको दाबी गरेको छ । तर पाकिस्तानले यसलाई नकारेको छ।

आक्रमणमा इजरायलबाट प्राप्त हार्पी ड्रोन प्रयोग गरिएको दाबी गरिएको छ । भारतीय रक्षा मन्त्रालयले बिहीबार जनाएअनुसार पाकिस्तानले उत्तर र पश्चिम भारतका सहरहरूलाई निशाना बनाएको थियो। यस क्रममा अवन्तीपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपूरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिण्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजमा ड्रोन र मिसाइलहरू दागिएको थियो ।

भारतीय सेनाको हेडक्वार्टर इन्टिग्रेटेड डिफेन्स स्टाफले एक्स (ट्विटर)मा लेखेको छ, ‘पाकिस्तानतर्फबाट जम्मु, पठानकोट र उधमपुरका सैन्य स्टेशनहरूलाई निशाना बनाइएको थियो।

पाकिस्तानले मिसाइल र ड्रोन दागे पनि क्षति भएको छैन। भारतको रक्षा प्रणालीले सबै हमलाहरू निष्फल बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
डेरी एसोसिएसनको मोही ...

काभ्रे – हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर, बनेपा–७ धनेश्वरले ‘ नेपाल डेरी ...

यस वर्षको वसुन्धराश् ...

काठमाडौँ-। वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार ...

​"राप्रपाको दुर्गति: ...

अनुपमा जोशी। नेपालका प्राय सबै पुराना दलहरूमा पुरानाले नयाँलाई अगाडि बढ्न नदिने सिन्डिकेटको प्रणाली ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved