अन्ततः अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम

  • वैशाख २७, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । तीन दिनदेखिको तनाव कम गर्दै अन्ततः भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् ।

अमेरिकाको मध्यस्थतामा दक्षिण एशियाका दुई मुलुक युद्धविरामका लागि सहमत भएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले दुई मुलुक तत्काल पूर्ण युद्धविराम गर्न तयार भएको घोषणा गरेका हुन् । उनले राति भएको लामो वार्तापछि दुई मुलुक युद्धविरामका लागि सहमत भएको जनाएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा राति लामो वार्तापछि भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा मलाई खुशी मिलेको छ ।’ भारत र पाकिस्तान दुबै मुलुकले युद्धविरामको पुष्टि गरेका छन् । पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि गरेको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले यसबारे जानकारी दिएका हुन् । उनले भारतीय समयअनुसार शनिबार बेलुकी ५ बजेबाट लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको जानकारी दिएका हुन् । उनले जमिन, आकाश र समुद्रमा सबै किसिमका लडाईँ र सैन्य गतिविधि रोकिने जानकारी दिए । उनले दुबै पक्षलाई यसबारे जानकारी दिइएको पनि उल्लेख गरे ।

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि भारत र पाकिस्तान गोली हानाहान गर्न र सैन्य कारवाही रोक्ने विषयमा सहमत भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै जयशंकरले भारत सबै किसिमका आतंकवादको सदैव विपक्षमा रहेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई निरन्तरता दिने जनाएका छन् ।

उता पाकिस्तानी विदेशमन्त्री इशक दारले पनि भारतसँग युद्धविराम गर्न सहमत भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा यसबारे जानकारी दिएका हुन् । उनले सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै असर नपर्नेगरी आफ्नो मुलुक पाकिस्तान जहिले पनि यस क्षेत्रमा शान्ति र सुरक्षाको पक्षमा रहेको समेत बताएका छन् । जियो न्यूजसँगको कुराकानीमा उनले युद्धविरामका लागि तीन दर्जनभन्दा धेरै मुलुकले सक्रियता देखाएको पनि जानकारी दिए । उनले यस क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भूमिकाको प्रसंशा गरे ।

यससँगै हवाई सेवाका लागि लामो समयदेखि बन्द रहेको पाकिस्तानी आकाश खुला हुने भएको छ । पाकिस्तानी हवाइ प्राधिकरणले सबै किसिमका हवाइ उडानका लागि पाकिस्तानी आकाश पूर्ण रुपमा खुला गरिएको जानकारी दिएको हो । अब भारत र पाकिस्तानबीच तटस्थ स्थानमा वार्ता हुने अपेक्षा गरिएको छ ।

विदेशमन्त्री रुबियोले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् । उनले पछिल्लो ४८ घण्टा आफू र उपराष्ट्रपति जेडी भान्सले दुवै मुलुकका उच्च पदस्थ अधिकारीसँग कुराकानी गरेको जानकारी पनि दिए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उनका पाकिस्तानी समकक्षी सहबाज शरिफ, भारतीय विदेशमन्त्री एस जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र उनका पाकिस्तानी समकक्षी असिम मलिकसँग कुराकानी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved