काठमाडौं । नेपाल डेरी एशोसियशनका अध्यक्ष प्रल्हाद दाहालले सम्पूर्ण नेपालीलाई आफ्नो मौलिक पन जोगाउन आग्रह गरेका छन ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो बिचार राख्दै अन्य देशले आफ्ना सामानको मूल्य बुझेको तर हामीले समयमै ख्याल नराख्दा आर्थिक रुपले पछि परेको दुखेसो पोखेका छन् । हाम्र स्वदेशी उत्पादनलाई समेत पछि पार्ने गरि छिमेकी मुलुकले आफ्नो उत्पादन प्याक गरेर पठाउछ तर हामिले आफ्नो उत्पादनको मुल्य नबुझ्दा आफ्ना उत्पादनबाट बन्चित हुनुपर्ने बेला आउन सक्ने दहालको भनाई छ ।
उनले लेेेेखेका छन,”समयमै ख्याल गरौं , आफ्नो मौलिक पन जोगाऔं,ल हेर्नुस् अब के नै बाँकी छ त हाम्रो नेपाली पन चाइनाले छ्याङ समेत प्याकिङ गरेर नेपाली बजारमा ल्याएको छ । गुन्द्रुक, जनै, सिन्की, चाना, मसेउरा सबै आउन थालेको छ।अब समयमै हामीले नसोच्ने हो भने हाम्रो मौलिक पन लोप हुने निश्चित छ।”
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved