युक्रेन र रुसबीच बिहीबार टर्किमा शान्ति वार्ता हुँदै

  • जेठ १, २०८२
  • कालापानी मिडिया
alt

इस्तानबुल । युक्रेन र रुसबीच बिहीबार शान्ति वार्ता हुँदैछ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको आह्वानमा वार्ता हुन लागेको हो।

टर्कीको इस्तानबुलमा हुने शान्ति वार्तामा रुसका राष्ट्रपति भ्लाडिमिर पुटिन भने उपस्थित नहुने भएका छन्। क्रेमिलनले जारी गरेको विज्ञप्ति अनुसार रुसको नेतृत्व राष्ट्रपतिका एआइडिई भ्लाडिमिर मेडिन्सकीले गर्ने छन्।

यसअघि जेलेन्स्कीले पुटिनसँग आमनेसामने भएर वार्ता गर्न चाहेको बताएका थिए। युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसी राष्ट्रपति एर्डोगान रेकेब तैयासँग भेट गर्नका लागि बिहीबार टर्कीमा नै हुने छन्।

सन् २०१९ को डिसेम्बरपछि पुटिन र जेलेन्स्कीको व्यक्तिगत भेटघाट भएको छैन। सन् २०२२ को मार्चमा रुसले युक्रेनमाथि आक्रमण गरेको केही दिन पछि भेट भएको थियो। त्यस वार्तापछि रुस–युक्रेन माथि अझ धेरै आक्रामक भएको थियो।

पछिल्लो वर्षमा रुसले युक्रेनको पूर्वी भागमा धेरै नै असर गरेको छ। गत शनिबार किभमा युरोपेली नेताले भेटघाट गरेका थिए। सोही भेटघाटको क्रममा ३० दिने युद्ध विराम लागू गर्न पुटिनलाई गरेको अनुरोधपछि पुटिनले युक्रेनलाई वार्ताको आह्वान गरेका हुन्।

आइतबार ट्रम्पले जेलेन्स्कीलाई यो प्रस्ताव स्वीकार गर्न भने पछि जेलेन्स्कीले पनि आफै उपस्थित हुने कुरा बताएका हुन्। बुधबार ट्रम्पले पुटिन उपस्थित हुने भएमा आफू पनि उपस्थित हुने कुरा बताएका थिए।

अमेरिकी विदेशमन्त्री मार्क रुबियो बुधबार टर्की पुगेका छन्। सो वार्ता भन्दा अघि उनले नाटोका विदेश मन्त्रीलाई भेट्ने छन्। रुबियो शुक्रबार इस्तानबुल पुग्ने छन्। त्यहाँ उनले युरोपेली समकक्षीसँग पनि युद्ध विरामको खाकाका बारे सल्लाह गर्ने छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved