सर्वोच्चको आदेशअनुसार ४९ औँ दिनमा थुनामुक्त भए राप्रपा उपाध्यक्ष मिश्र

  • जेठ २, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको ४९ औँ दिनमा सर्वोच्च अदालतको आदेशअनुसार शुक्रबार अपरान्ह थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र डा. तिलप्रसाद श्रेष्ठको इजलासले प्रहरीले चैत १५ गतेको घटनामा मिश्रमाथि लागेका आरोपसम्बन्धी प्रमाणहरू संकलन गरिसकेको देखिएकाले थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेका अनुसार मिश्रलाई जिल्ला प्रहरी कार्यालयले चाहेका बेलामा उपस्थित गराउने गरी कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनामुक्त गरिदिन विपक्षीका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश भएको छ ।

‘निजलाई काठमाडौं जिल्ला अदालतबाट वैशा १० गते थप समय हिरासतमा राख्न अनुमति दिँदा नै निजबाट संकलन गर्नुपर्ने प्रमाण संकलन भइसकेको अवस्था देखाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा छोड्न ध्यानाकर्षण गराइएको पाइन्छ’, सर्वोच्चले भनेको छ, ‘हालसम्मको अनुसन्धान तहकिकातको अवस्था हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण संकलनको कार्य सम्पन्न भइसकेको देखिएको, थप प्रमाण संकलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको तर, निजलाई हिरासतमै राख्नुपर्ने सम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरी दिनु भनी विपक्षीहरुका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ’, सर्वोच्चले भनेको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा काठमाडौं जिल्ला अदालतबाट आठौँ पटकसम्म म्याद थपको अनुमति दिई मिश्रलगायतलाई हिरासतमा राखिएको थियो । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादी समूहले गरेको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाएका थिए ।

उक्त घटना भएको साँझ मिश्रलाई भिड उक्साएर हिंसा भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले मिश्रमाथि राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरिरहेको थियो ।

उनीविरुद्ध पछिल्लो पटक मंगलबारसहित आठौँ पटक म्याद लिइएको थियो । उनी ४९ दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । अब उनी प्रक्रिया पूरा गरेर आजै छुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved