राजाले फेरि भेट्नुभयो ४ शीर्ष राजावादी नेताहरुलाई, सोल्टिमा दिनुभयो लन्च

  • जेठ ८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले शीर्ष ४ जना राजावादी नेताहरुसँग आज सामूहिक भेटवार्ता गर्नुभएको छ । आज दिउँसो १२:३० बजे सोल्टी होटलमा लन्चसहित करिब डेढ घन्टा कुराकानी भएको स्रोतले बताएको हो।

आगामी १५ जेठ देखी सुरु हुने संयुक्त जनआन्दोलन लाई प्रभावकारी र निर्णायक बनाउने दौडधुपमा रहेका राजावादी नेताहरुले यसैको सरसल्लाहका लागि राजासँग भेटेका हुन् ।

भेटमा संयुक्त जनआन्दोलनलाई कसरी प्रभावकारी बनाउने तथा राजावादीहरुबीच आपसी समझदारी र विश्वास बढाउने विषयमा कुराकानी भएको जनाइएको छ । तर, राजावादीहरुले भने छलफल केवल औपचारिकता मात्र नभएर वर्तमान राजनीतिक अवस्थाको गम्भीर मूल्याङ्कन र भावी राष्ट्रिय दिशानिर्देशनको संकेत भएको बताएका छन ।

उनिहरुले यस भेटलाई राष्ट्रहित र वैकल्पिक व्यवस्थाको खोजीमा भएको ठोस राजनीतिक संवादका रुपमा हेरेका छन । हुनपनी राजा स्वयंले यतिबेला देशको विगत, वर्तमान र भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध हुने सन्देश दिनुभएको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट राजा भेट्न सोल्टी होटल गएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved