शान्तिपूर्ण आन्दोलनमा सरकारबाट हुनसक्ने धरपकड विरुद्ध अनुगमन गरिदिन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण

  • जेठ ९, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि हुने आन्दोलनमालाई कमजोर पार्न सरकारले विभिन्न बहानामा धरपकड गर्न सक्ने भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

समितिले शुक्रबार आयोग समक्ष पत्र नै दिएर सरकारले गत चैत २५ गतेको जस्तो भद्र अनि सत्याग्रह आन्दोलनमा बाधा पुर्‍याउन सक्ने भएकाले अनुगमन गरिदिन भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको हो ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको जनप्रदर्शनमा सरकारले नियोजित रुपमा आक्रमण गरी प्रदर्शनलाई अराजक र हिंसात्मक बनाउने कार्य गरेको आरोप लागाउदै समितिले आयोगलाई यसतर्फ चनाखो भैदिन पनि आग्रह गरेको छ ।

त्यसैगरी जेठ १५ गतेबाट गरिने आन्दोलनको सन्दर्भमा राष्ट्रवादी नेता तथा अभियन्ताहरुलाई सो आन्दोलन अगावै अनेकौं बहानामा धरपकड गरिने संभावना रहेको समितिको बुझाई छ ।

पत्रमा लेखिएको छ," तीनकुने घटनामा सरकारले फरक मत राख्न पाउने संविधानप्रदत्त अधिकार मात्र नभएर नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा २१ मा सुनिश्चित शान्तिपूर्वक भेला हुने नागरिकको अधिकारलाई पूर्ण उल्लंघन गरेको थियो । शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका निशस्त्र नागरिकमाथि सुरक्षाकर्मीले असमानुपातिक बल प्रयोग गर्नुका साथै सरकार स्वयम मानव अधिकारको विश्वव्यापी घोषणापत्रका आधारभूत मान्यता प्रतिकूल गएको थियो । सुरक्षाकर्मीले अर्धस्वचालित हतियार प्रयोग गरी सिसाको गोली हान्दा निहत्ता नागरिकहरु घाइते हुनुका साथै एक जनाको ज्यान गएको थियो । सोही घटनामा एक जना संचारकर्मीको ज्यान गएको थियो । शान्तिपूर्ण सभा आरम्भ नहुँदै विथोल्ने र चरम दमन गर्ने क्रममा सरकारले असमानुपातिक बल, म्याद सकिएको अश्रु ग्यास प्रयोग गरेको जगजाहेर छ ।",

समितिले आयोगलाई पठाएको पत्रमा यस्तो भनिएको छ , हेर्नुस जस्ताको तस्तै:

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले २०५२ जेठ १५ गतेदेखि काठमाडौंमा जनआन्दोलन गर्ने निर्णय गरेको व्यहोरा जानकारी गराउँदछु । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिवसेना नेपाल, नागरिक बचाउ अभियान, विश्व हिन्दु महासंघ लगायतका ४४ राजनैतिक दल, समूह र अभियानहरु सम्मिलित संयुक्त जनआन्दोलन समितिको आयोजनामा हुने आन्दोलनको मुख्य उद्देश्य नेपाली जनताको चाहना बमोजिम संवैधानिक राजसंस्था पुनर्स्थापना, सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन रहेको छ । यस अर्थमा जनआन्दोलन संवैधानिक राजसंस्था सहितको बहुदलीय प्रजातन्त्र कायम गर्न, भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनमा समेत केन्द्रीत रहने छ । नेपालको संविधानको धारा २७४ ले 'नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता' बाहेक सबै विषय जनताको अभिमतबाट परिवर्तन गर्न सक्ने अधिकार दिएको छ । त्यसैगरी संविधानको धारा १७ ले अभिव्यक्ति स्वतन्त्रता र बिना हातहतियार भेला हुने अधिकार प्रदान गरेको छ । संविधानप्रदत्त यही अधिकार प्रयोग गर्दै आफ्ना मागहरु पूरा गर्न सशक्त जनदवाव सिर्जना गर्ने उद्देश्यका साथ यो आन्दोलन संचालन हुनेछ । जनआन्दोलन पूर्णतया शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरुप हुनेछ । २०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको जनप्रदर्शनमा सरकारले जसरी नियोजित रुपमा आक्रमण गरी प्रदर्शनलाई अराजक र हिंसात्मक बनाउने कार्य गन्यो, त्यसैगरी जेठ १५ गतेबाट गरिने आन्दोलनको सन्दर्भमा राष्ट्रवादी नेता तथा अभियन्ताहरुलाई सो आन्दोलन अगावै अनेकौं बहानामा धरपकड गरिने संभावना समेत देखिएकोले तत् सम्बन्धमा विशेष चनाखो रही अनुगमन गरिदिन हुन सादर अनुरोध गर्दछौं ।तीनकुने घटनामा सरकारले फरक मत राख्न पाउने संविधानप्रदत्त अधिकार मात्र नभएर नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा २१ मा सुनिश्चित शान्तिपूर्वक भेला हुने नागरिकको अधिकारलाई पूर्ण उल्लंघन गरेको थियो । शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका निशस्त्र नागरिकमाथि सुरक्षाकर्मीले असमानुपातिक बल प्रयोग गर्नुका साथै सरकार स्वयम मानव अधिकारको विश्वव्यापी घोषणापत्रका आधारभूत मान्यता प्रतिकूल गएको थियो । सुरक्षाकर्मीले अर्धस्वचालित हतियार प्रयोग गरी सिसाको गोली हान्दा निहत्ता नागरिकहरु घाइते हुनुका साथै एक जनाको ज्यान गएको थियो । सोही घटनामा एक जना संचारकर्मीको ज्यान गएको थियो । शान्तिपूर्ण सभा आरम्भ नहुँदै विथोल्ने र चरम दमन गर्ने क्रममा सरकारले असमानुपातिक बल, म्याद सकिएको अश्रु ग्यास प्रयोग गरेको जगजाहेर छ । तीनकुनेमा भएको घटनाको आवरणमा अहिले पनि ६० भन्दा बढी व्यक्तिहरुलाई सरकारले पूर्वाग्रहपूर्ण ढंगबाट थुनामा राखिराखेको छ । आस्थाका बन्दीहरुलाई चाँडोभन्दा चाँडो रिहाई गराइदिने बारे राष्ट्रिय मानव अधिकार आयोगको हामी ध्यानाकर्षण गर्दछौं । तीनकुने घटनाको छानबिनका निमित्त उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने बारे समेत आयोगको ध्यानाकर्षण गर्दछौं । जेठ १५ बाट तय भएको शान्तिपूर्ण जनआन्दोलनको सन्दर्भमा सरकारबाट नेपाली जनताको मानव अधिकार, प्रजातान्त्रिक अधिकार कुण्ठित हुने संभावना र संकेतहरु देखा परेका छन् । सरकारका अधिकारी, मन्त्री, दलका नेताबाट समेत मानव अधिकारको विश्वव्यापी मान्यता, प्रजातन्त्रको आदर्श र संविधानको परिकल्पना तथा व्यवस्था प्रतिकूल जेठ १५ बाट हुने जनआन्दोलनको सन्दर्भमा आतंक र भय सिर्जना गर्ने गरी धम्कीपूर्ण अभिव्यक्तिहरु सार्वजनिक भएका छन् । मानव अधिकार, नागरिक सर्वोच्चता कुनै पनि बहानामा कुण्ठित हुनु हुँदैन भन्ने हाम्रो आग्रह हो । यसकारण मानव अधिकारको विश्वव्यापी मान्यता, संविधानको व्यवस्था अनुरुप नागरिकको मानव अधिकार, प्रजातान्त्रिक हक अधिकार संरक्षण र सुनिश्चित गर्न हालैबाट अनुगमन गरिदिन हुन र आवश्यकता अनुरुप हस्तक्षेपकारी भूमिका समेत निर्वाह गरिदिन हुन सम्मानित आयोग समक्ष सादर अनुरोध गर्दछौं ।

नवराज सुवेदी

संयोजक संयुक्त जनआन्दोलन समिति

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved