काठमाडौँ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजसंस्थावादीहरूको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बाबा रिहा भएका छन्।
प्रहरीले उनलाई आइतबार साँझ रिहा गरेको हो। मोरङ जिल्ला, विराटनगर महानगरपालिका–३ निवासी ४७ वर्षीय अनिल बस्नेत ९अनिल बाबा० चैत १५ मा तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
उनी रिहा भएपछि राजसंस्थावादीहरूले खुसी व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved