काठमाडौं : मोरङको विराटनगरमा परैबाट विष फाल्ने सर्प ‘स्पिटिङ कोब्रा’ भेटिएको छ। विराटनगर महानगरपालिका–४ मा अवस्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा कोब्रा फेला परेको हो ।
यसलाई नियन्त्रणमा लिई उद्धार गरेर मंगलबार अपराह्न जिल्ला वन कार्यालय मोरङ कार्यालय पठाइएको छ। वन कार्यालय ल्याउने क्रममा सर्पले विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको बताइएको छ। घिमिरे हाल कोशी अस्पताल विराटनगरको आकस्मिक कक्षको स्वास्थ्य निगरानीमा छन् ।
विराटनगरका अन्य स्थानमा पनि यस्ता सर्प फेला परे खबर गर्न महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचना जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved