डा. सुनिल शर्मालाई विराटनगर विमानस्थलमा भव्य स्वागत

  • जेठ १६, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा र नेपाली कांग्रेस मोरंगका जिल्ला सभापति तथा सांसद डिकबहादुर लिम्बूलाई आज बिहान विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ।

जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि डा. शर्मा आज बिहान ८ बजे काठमाडौँबाट बिराटनगर प्रस्थान गरेका हुन्। उनको आगमनसँगै विमानस्थल परिसर कांग्रेस कार्यकर्ता, युवा नेता, महिला संघ, तरुण दल, नेपाली विद्यार्थी संघ लगायतका भातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वागत कार्यक्रममा फूलमाला, खादा, र नाराबाजीसहित उपस्थित जनसमूहले नेताहरूको सम्मान र स्वागत गरेका थिए।

समर्थकहरूको जोश, नाराहरु र अनुशासित व्यवस्थापनले कार्यक्रमलाई थप भव्य बनाएको थियो। सांसद डा. शर्मा र सांसद लिम्बू दुबै जना आगामी दिनमा मोरंग जिल्लामा विकास, संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने योजनाका साथ जिल्लामा प्रस्थान गरेका हुन् । कार्यक्रमपछि दुबै नेताले उपस्थित कार्यकर्ताहरूसँग अभिवादन आदानप्रदान गर्दै पार्टीको हालको अवस्था, भावी रणनीति र जनताप्रति जिम्मेवारीबारे छोटो सम्वाद पनि गरेका थिए। डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्।

यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ। उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।

IMG-20250530-WA0019 IMG_20250530_195425 IMG-20250530-WA0023

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved