सरकारले निषेधाज्ञा लगाएपछि दरबारमार्गमा हुने भनिएको राजावादी आन्दोलन रत्नपार्कमा हुने

  • जेठ १७, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राजसंस्था पक्षधरहरूको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दरबारमार्ग क्षेत्रमा सरकारले लगाएको निषेधाज्ञाले जनआन्दोलन सफलताको दिशामा अघि बढिरहेको स्पष्ट भएको बताएका छन्।

सरकारले निषेधाज्ञा जारी गरेकाले कार्यक्रमस्थल दरबारमार्गबाट रत्नपार्कको शान्तिबाटिकामा सारिएको जानकारी उनले गराएका हुन।

सुवेदीले शनिबार १ बजे रत्नपार्कमा उपस्थित हुन राजसंस्थाका शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका तर्फबाट शुक्रबार जारी गरिएको सूचनामा सुवेदीले जनताको चाहना बमोजिम जारी शान्तिपूर्ण आन्दोलनलाई निर्णायक तहमा लैजान काठमाडौं उपत्यकाबासी लगायत देशभरीका जनतालाई आन्दोलनमा सहभागी हुन अनुरोध र आह्वान पनि गरेका छन्।

Messenger_creation_B5D36817-3EBF-4670-826B-83E63277F97C

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved