सांसद डा. सुनिल शर्माद्वारा मोरङको सुनझोडा खोलामा मोटरेबल पुलको शिलान्यास

  • जेठ १८, २०८२
  • कालापानी मिडिया
alt

मोरङ । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्मालेमोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं-०२ र उर्लाबारी नगरपालिको वडा नं-०३ को सीमामा पर्ने सुनझोडा खोलामा मोटरेवल पुलको शिलान्यास भएको छ।

हिजो शनिबार बिहान एक औपचारिक कार्यक्रमका पूर्वमन्त्री तथा मोरङ्गको निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद डीगबहादुर लिम्बु र निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद् सुनिल शर्मा प्रदेश संसद गिता तिम्सिना ,मान बहादुर लिम्बु शोभा चेम्जोङले उक्त खोलामा दुई लेनको पक्की पूल निर्माणको शिलान्यास गरेका हुन् ।

उक्त खोलामा आजै बिहान परेको अविरल वर्षाका कारण आएको बाढीमा जोखिम संघीय सांसद लिम्बु प्रदेश सांसद, लगायतका जनप्रतिनिधिहरूले जोखिम मोल्दै खोला तरेर शिलान्यास गर्नुभएको थियो। आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विराटनगरको कार्की बन्धु कन्स्ट्रक्सन प्रालिले पाँच करोड ७० लाखमा उक्त ३० मिटर लम्बाईको पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। शर्माको पहलमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट उक्त पुल निर्माणका लागि बजेट विनियोजन भएको थियो।

उक्त अवसरमा मोरङ क्षेत्र नम्बर १ र ३ का प्रदेश सांसदहरू क्रमश : मानबहादुर लिम्बु, विद्या चाम्लिङ राई, शोभा पालुङ्गवा लिम्बु, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, पथरिशनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना राई, उर्लाबारी -३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसैगरी, मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद शर्माले पूर्व पश्चिम एसियन हाइवे पथरी शनिश्चरे वडा नं १० को जिरीखिम्ती सडक खण्डको विवादित क्षेत्रमा अवलोकन तथा भ्रमण गर्नुभएको थियो।

IMG-20250601-WA0000

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved