राजा सबका साझा-अधिवक्ता गणेश विष्ट

  • चैत १९, २०७६
  • कालापानी मिडिया
alt

नेपाल मा संवैधानिक राजसंस्था को अन्त गरि गणतन्त्र ब्यबस्था लागु गरेको धेरै भै सक्यो तर पनि राजनीतिक दल ले कपटपूर्ण र षड्यन्त्र गरि जनता ले न चाहदा न चाहदै राजा लाइ हट्याएको हो । राजा सङ्ग सम्झौता एकातिर व्यबहार अर्कोतिर । गणतन्त्र लागु हुदा आन्दोलनकारि दल र शसस्त्र युद्दमा रहेका दल तथा जनताको माग बिपरित आकस्मिक रुपमा देशमा रहेको बिश्वको नमुना हिन्दु राज्यलाइ समेत नाम निसान नराखि धर्म निरपेक्ष बनायो ।

राज्य लाइ धर्म निरपेक्ष गरे पछि गारिब बिपन्न पिछाडि परेका समुदाय लागयत लाइ अनुचित प्रभाव र प्रलोभन मा पारि धर्म परिबर्तन को लहर राज्य भरि आभियान को रूपमा चलिरहे को छ । साथै भष्टाचार का धेरै चर्चित विवरण हरु आउदै हराउदै गए पनि सरकारी निकाय मौन रहयो ।

अहिले बिश्व लाइ कोरोना जस्तो माहामारि ले आपत परी बिकराल रुप लिएको अबस्थामा जनता लाइ उपचार र सहयोग गर्न तिर भन्दा नि झन आर्थिक अनियमितता भएको कुरा पर्दाफास भएको छ । भने सत्तासीन र प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता भुमिगत भएर गुमनाम बिदा मनाई रहेका छन ।

दैनिक मजदुरी गरेर खाने जनता खान नपाएर भोक भोकै बसेका छन,। बिदेश मा पसिना बगाएर दुःख पर्दा आफ्नो देश घर फर्किन चाहने नेपालीहरु सिमामा अलपत्र परि नदिमा हाम फालेर जिउ ज्यानको बाजि राखेर घर फर्किन खोज्दा नि सरकार बेखबर छ । आफुलार्इ महान भन्ने दलका महान नेता तथा कार्यकर्ताहरु कोरोनाको महामारीको बेभन्दा ला सत्ताको दोहन गरि आर्जित साधन श्रोतको मजामा हनिमुन मनाइ रहेको जस्तो देखिन्छ।

अर्को तिर जालझेल, षड्यन्त्र गरि बिदेशिको इशारामा पाखा लगाएका पूर्व राजा ज्ञानेन्द्रले यस्तो बेलामा जनतालाइ महामारी बाट थोरै भए पनि राहत र सहयोग होस भनि हिमानि ट्रस्ट मार्फत नेपाल सरकार्लाइ दुइ करोड सहायता गरेको सुन्दा सदैब राजा जनता का प्रिय र सबै का साझा नै छन् भन्ने यथार्थ महसुस भै रहेको छ ।

यति मात्रै होइन राजाको मन यतिबेलाका नेताहरु भन्दा निकै फराकिलो रहेछ र सदैव रहने छ भन्ने महसुस भएको छ । म मरे पनि मेरो देश बाचिरहोस भन्ने भनाई अहिलेको समयमा यथार्थ भएको छ । यसरी नै हरेकको मन मनमा बस्न सफल हुनुहोला । भगवान पशुपति नाथले कल्याण गरुन । जय पशुपतिनाथ

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved