युवराज्ञी हिमानी शाहकै उपस्थितिमा भोलि नारायणहिटि दरबार भित्रै श्रद्धाञ्जली कार्यक्रम हुने

  • जेठ १८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको भोलि जेठ १९ गते २४ वर्ष पूरा हुँदैछ ।

सोही दिनको स्मरण गर्दै हिमानी ट्रस्टले भोलि साँझ ६:३० बजे नारायणहिटी दरबारभित्र रहेको चतुरव्युह नारायण मन्दिरमा दीप प्रज्वलनको कार्यक्रमको आयोजना राखेको गरेको छ । बिगतका दिनमा विभिन्न राजावादी पार्टी, तथा अभियन्ताहरूले दीप प्रज्वलन गरि राजा वीरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै आएको भएपनी यस वर्ष भने हिमानी ट्रस्टले नै कार्याक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा युवराज पारस, युवराज्ञी हिमानी लगायत राजपरिवारका सम्पूर्ण सदस्य सहित रास्ट्रवादिहरु, राजसंस्थाप्रती आस्था राख्ने सबैको उपस्थिती हुने हिमानी ट्रस्टका प्रमुख कार्यकारी अधिकृत (सिओओ) प्रदीप राणाले जानकारी दिए ।

सरकारले त्यस क्षेत्रमा निशेधाज्ञा लागएको छ, मन्दिर जाने गेट मै ताला लगाइ दिएको छनी फेरि कसरी कर्यक्रम हुन्छ भन्ने प्रश्नको जवाफमा उनी भन्छन, " कार्यक्रम हुन्छ र कार्यक्रम गर्न पाउनु पर्छ । हामिले कुनै उत्सव मनाउन लागेका होइनौ स्व. राजपरिवारप्रती श्रद्धाञ्जली दिने कार्यक्रम हो गर्न पाउनु पर्‍यो भन्ने हाम्रो भनाइ हो । यो कार्यक्रमा लाग्छ सरकारले बाधा गर्दैन,।"

गत जेठ १० गते राजा रानि सहित राजपरिवारका सदस्यहरु भित्री बाटोबाट मन्दिरमा प्रवेश गर्नु भएको थियो। तर, अहिले भित्रीबाटो बन्द गरिएको छ । नारायणहिटी दरबार संग्रहालय प्रशासनले ढोकामा ताल्चा झुण्ड्याइदिएको छ ।

 स्व. राजपरिवारको श्रद्धाञ्जली कार्यक्रम गर्न उक्त ताल्चा खोलिदिन्छ वा बाहिर बाटै मन्दिर प्रवेश गर्ने भन्ने बारे अहिले सम्म जानकारीमा आएको छैन । यद्यपि सरकारले देखाएको यो छुद्र कार्य शैलीको भने सर्वत्र आलोचना भइरहेको छ ।

प्रजावत्सल राजाका रुपमा जनताद्वारा रुचाइएका तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारको २०५८ जेठ १९ गते विभत्स हत्या भएको थियो । अहिलेसम्म पनि उक्त हत्याकाण्डको विश्वसनीय छानबिन भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved