काठमाडौँ । दिवंगत राजपरिवारका सदस्यको सम्झनामा कमलादीस्थित गणेश मन्दिरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)का कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्।
युवराज्ञी हिमानी शाह र नवयुवराज हृदयेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरूले दिवंगत राजपरिवारलाई श्रद्धाञ्जलि अर्पण गर्दै दीप प्रज्वलन गरिरहँदा वाइसिएलका कार्यकर्ताले ढुंगा हानेका हुन्।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा वाइसिएलको कार्यक्रम थियो। उनीहरूले त्यहीँबाट राजसंस्थाविरुद्ध ‘रैती रैती’ भन्दै नाराबाजी गर्दै ढुंगा प्रहार गरेका हुन्। वाइसिएलका नेता दिपशिका ले दीप प्रज्वलन कार्यक्रममा ‘गणतन्त्र मुर्दावाद’को नारा लागेपछि ढुंगा प्रहार गरेको दाबी गरे पनि त्यहाँ त्यस्तो कुनै नारा नलागेको प्रत्यक्षदर्शीले बताएका छन्।
दीप प्रज्वलनमा सहभागीले ‘राजा वीरेन्द्र अमर रहून्’ भन्ने नारा लगाएका थिए। ढुंगा प्रहार गरेपछि वाइसिएका कार्यकर्तालाई प्रहरीले प्रज्ञा भवनभित्रै रोकेको थियो। स्व. राजा बिरेन्द्रको परिवारको हत्या भएको दिनमा सिङ्गो देशले शोक मनाउनु पर्ने ठाउमा उल्टै श्रद्धाञ्जली कार्यक्रममा आएर गरेको वाइसीएलको कार्यप्रति सर्वत्र निन्दा भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved