काठमाडौँ । युवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गर्नु भएको छ ।
उहाले आइतबार जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा हिमानी ट्रष्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गर्नु भएको हो।
युवराज्ञी हिमानीसँगै नवयुवराज हृदयेन्द्र पनि जुम्ला जानु भएको छ । उहाँहरु २४ गते शनिबार जुम्ला पुग्नु भएको हो । नवयुवराज आफैले बेल्चा हानेर प्रसुती गृहको सिलान्यास गर्नुभएको छ ।
शिलान्यास कार्यक्रममा बाेल्दै राप्रपाका प्रमुख सचेत तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले युवराज्ञी हिमानी र नवयुवराज हृदयेन्द्रले जुम्लामा उदाहरणीय काम गर्नुभएको बताए।
त्यस्तै, गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले राजपरिवारप्रति धन्यवाद व्यक्त गरे।
गुठिचैर–१ का वडाध्यक्ष अजुन महताराले बर्थिङ सेन्टरले गाउँघरका महिलालाई सहज हुने बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved