निर्मल निवासको नाममा पोर्चुगलबाट उठेको रकम रेविकालाई हस्तान्तरण

  • जेठ २८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा प्रहरीले हानेको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीलाई संयुक्त जनआन्दोलन समितिले ८ लाख ३९ हजार ४०० रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

उक्त समयमा फोहोर तथा भौतिक क्षति भएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जरिवाना काटेका थिए । राजा ज्ञानेन्द्र शाहको नाममा जरिवाना काटेपछि नवराज सुवेदी वा दुर्गा प्रसाईंको नाममा जरिवाना काट्न माग गर्दै पैसा आफूहरूले दिने भन्दै युरोपमा बस्ने समर्थकहरूले रकम उठाएका थिए । सोहीअन्तर्गत पोर्चुगलबाट उठेको रकम महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलगायतको टोलीले उनलाई बुझाएको हो । 

पोर्चुगलमा बस्दै आएका पूर्व वाणिज्यदुत रमेश बास्तोलाले यो अभियान सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाढीले मुस्ताङमा मात ...

मुस्ताङ। उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन शुर ...

कोशी, बागमती, लुम्बि ...

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसप ...

नेपालमा जन्मिएर मात् ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताउनु भएको छ । निर्मल निवासमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved