दिलभुषणको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला : सांसद डा. सुनिल शर्मा

  • जेठ २८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका लोक प्रिय युवा नेता सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको बताएका छन् ।

सांसद शर्माले असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुने भए पनि सिधै अपराध ठहर गर्दै पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको बताए ।

‘सत्ता सँग प्रश्न गर्ने, खोजमूलक पत्रकारिताका माध्यमबाट विविध सन्दर्भमा विषयवस्तु उजागर गर्ने र सत्य जनतासामु ल्याउन प्रयास गर्न कलम चलाउने पत्रकारिता कुनै अपराध होइन,’ उनले भने, ‘प्रकाशित/प्रसारित सामग्री प्रति कुनै प्रतिवाद, असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुनुपर्छ भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको भएता पनि सिधै अपराध ठहर गर्दै पत्रकार दिलभुषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला हो ।’ उनले यो केवल एउटा व्यक्तिको मुद्धामात्र नभएर अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप भएको टिप्पणी गरे ।

सामाजिक सञ्जाल लेख्दै सांसद शर्माले पत्रकार पाठकको पक्राउ पुर्जी तत्काल फिर्ता गरिनु पर्ने बताएका छन् । ‘यो केवल एउटा व्यक्तिको मुद्धामात्र होइन । यो अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप हो ।

पत्रकार दिलभुषण पाठकको पक्राउ पुर्जी तत्काल फिर्ता गरियोस्’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाढीले मुस्ताङमा मात ...

मुस्ताङ। उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन शुर ...

कोशी, बागमती, लुम्बि ...

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसप ...

नेपालमा जन्मिएर मात् ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताउनु भएको छ । निर्मल निवासमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved