यस्तो छ आजको मौसम

  • असार २१, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। यसको प्रभावले हाल देशभर साधरणतया बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशकाएकदुई स्थानमा भारीदेखि धेरै भारीसमम् वर्षाको पनि सम्भावना छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजदेखि नेपाली कांग्र ...

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते आइतबारदेखि विशेष महाधिवेशन पक ...

आधुनिक नेपाल राष्ट्र ...

अनुपमा जोशी । नेपाल राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको भूमिका ! परिचय पृथ्वी नारायण शाहले आधुनिक न ...

राष्ट्रिय सहमति बिना ...

राजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देश बच्ने हो कि होइन भन् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved