बागमती प्रदेशको बजेट आजै पास गर्ने तयारी

  • असार २२, २०८२
  • कालापानी मिडिया
alt

हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आजै पास गर्ने तयारी गरिएको छ।

आज बस्ने प्रदेश सभाको बैठकबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गर्ने तयारी गरिएको हो। बजेट माथिको विवादका कारण गत असार १२ गतेदेखि पटक पटक अवरुद्ध हुँदै आएको प्रदेशसभाको बैठक शुक्रबार दिउँसो र शनिबार अबेर गरेर बसेको थियो।

शुक्रबार बजेट वक्तव्य माथि छलफल गरेर विनियोजन विधेयक पेस गरे पनि प्रतिपक्ष दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो। शनिबार बिहानै दलहरूबीच छलफल गरे पनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ संसदमा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो।

त्यसलगत्तै सञ्चालन भएको प्रदेशसभा बैठक बजेटको पूरक प्रस्ताव र विनियोजन विधेयक पेस गरी छलफल गरिएको थियो। छलफल पश्चात् सभामुख भुवन कुमार पाठकले खर्च कटौतीको प्रस्ताव माग गरेर प्रदेशसभा बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित गरेका थिए। सभामुख पाठकका अनुसार आइतबार मन्त्रालयगत् छलफल, मन्त्रीहरूको जवाफसहित खर्च कटौतीको प्रस्ताव माथि निर्णय गरेर बजेट पास गर्ने तयारी छ।

यसैबीच , नेपाली कांग्रेस संसदीय दलले शनिवार राती नै विज्ञप्ति जारी गरेर आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले आजका लागि बोलाइएको प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved