राप्रपामा बिबाद चर्किदै,अध्यक्षले बोलाए आफू निकट गुटको भेला, राप्रपाको शैली देखेर दरबार रुष्ट

  • साउन २२, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । पार्टीभित्र विवाद र अन्तरद्वन्द्व चर्किँदै गएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई मजबुत पार्न आन्तरिक कसरत सुरु गरेका छन् । उनले आज ३ बजे देखि काठमाडौंको तपस होटलमा एउटा अनौपचारिक वैठक राखेका छन्, जसमा असन्तुष्ट पक्षका नेताहरुलाई खबर गरिएको छैन ।

लिङदेनले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै महामन्त्री डा‍‍. धवलशम्शेर राणा नेतृत्वको समूहले प्रतिवाद जारी राखेपछि संस्थापन पक्षको रणनीति तय गर्न भेला बोलाइएको हो ।

खुलेर डा.राणाको गुटमा लागेकाहरुलाई खबर नगरेपनी अन्य सबै केन्द्रिय सदस्यलाई बैठकमा बोलाइएको लिङ्गदेन निकट एक नेताले बताए । उनी भन्छन "हामिले काठमाडौंमा उपलब्ध सबै केन्द्रिय सदस्यलाई बोलाएका छौ मात्र निर्वाचन आयोग धाउने र नेतृत्वविरुद्ध वक्तव्यबाजी गर्नेहरुलाई भने बोलाएनौ ।",

यता असन्तुष्ट पक्षका नेताहरू भने अध्यक्षले सुरु देखिनै पार्टीमा गुट उपगुट बनाएर कार्यकर्ता भडकाउने, भिडाउने कार्य गरेको बताउदै आइरहेका छन । पार्टीभित्र मनपरि ढंगले नियुक्ति दिने, पदबाट हटाउने काम त भइ नै रहेको थियो अब त खबरै नगरी गुटको बैठक राख्न थालेपछि अध्यक्षलाई कसरी साझा अध्यक्ष मान्ने ? असन्तुष्ट पक्षका एक नेताले भने,"।

लिङदेनले संस्थापन इतर पक्षका नेताहरुलाई छानिछानि कारवाही गर्न थालेपछि राप्रपाभित्र अन्तरद्वन्द्व चर्किएको हो । इतर पक्षले सामूहिकरुपमा नै अध्यक्षविरुद्ध जेहाद छेडिरहेका छन् । तीन दिनअघि डा. राणाको नेतृत्वमा हात्तिसारमा असन्तुष्ट पक्षको भेला आयोजना गरिएको थियो, जसमा केही पदाधिकारीसहित ७० जना सहभागी थिए । 

उता राप्रपा भित्रको यो किचलो देखेर दरबार भने राप्रपाका नेतृत्वसङ रुष्ट देखिएको छ । हिमानी ट्रस्टले सानेपामा गरेको कार्यक्रममा राप्रपाका नेता सगुन सुन्दर लावती र राजा ज्ञानेन्द्र बिच भएको संबादमा राजा ज्ञानेन्द्रले लावतिलाई प्रश्न गर्नुभयो "पार्टीमा के भैरहेको छ ? किन तिमिलाई फायर गरेको ? कारण के हो ? राजेन्द्रले भन्न खोजेको के रहेछ ?," प्रश्नको जवाफमा लावतिले आफुलाई कुनै जानकारी नभएको बाताएका थिए ।

लावति र राजा ज्ञानेन्द्रबिच करिब १५ मिनेट सम्बाद भएको थियो भने त्यस अघि युवराज पारसले त लावतिलाई आफैले बोलाएर पार्टीबारे बुझ्नुभएको थियो । आधा घण्टा लामो सम्बाद सुनेर लाग्थ्यो दरबारपनि पार्टी नेतृत्वको कामकारबाहीप्रती संतुष्ट छैन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved