परराष्ट्रमन्त्री देउवा र मुख्यमन्त्री शाहको एउटै स्वर, सुदूरपश्चिममा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

  • भदौ १३, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अन्तर्राष्ट्रिय समुदायलाई निधक्क भएर सुदूरपश्चिम प्रदेशमा लगानी गर्न आग्रह गरेकि छन्।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको लगानी तथा विकास सम्मेलनसम्बन्धी छलफल कार्यक्रममा परराष्ट्रमन्त्री देउवाले प्रदेशमा लगानी गर्न आग्रह गरेकि हुन् । छलफलमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकार सधैं तत्पर रहेको बताइन ।

आफू पनि सुदूरपश्चिमको प्रतिनिधि भएको भन्दै उहाँ अन्तर्राष्ट्रिय समुदायलाई त्यहाँ लगानी गर्न आग्रह गरिन। ‘सुदूरपश्चिम प्रदेशमा प्रशस्त सम्भावना रहेका छन्, म पनि त्यहाँकी प्रतिनिधि हुँ,’ परराष्ट्रमन्त्री राणा देउवाले भनिन, ‘संघीय सरकार सुदूरपश्चिमको विकास र समृद्धिका लागि प्रतिबद्ध छ, तपाईंहरूले ढुक्क भएर लगानी गर्नुहोस् ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेशमा २२ वटा पुल बनेको स्मरण गराउँदै उनले कांग्रेस अहिले पनि देश र प्रदेशको विकासका लागि लागिरहेको बताइन।

छलफल कार्याक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना रहेको भन्दै सबैलाई लगानीको आग्रह गरे । ‘हामीसँग सीमित पूर्वाधार, न्यून लगानी, रोजगारीको सीमित अवसर जस्ता चुनौतीहरू विद्यमान छन् । यी चुनौतीलाई अवसरमा बदल्नका लागि हामीले वैकल्पिक सोच, साझेदारी र दिगो लगानीलाई प्राथमिकता दिएका छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘प्रदेशको सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा उजागर गर्नु छ । हामी त्यो प्रयासमा छौँ । सबै निकायलाई सुदूरपश्चिममा लगानी गर्न आह्वान गर्दछौँ ।’ मुख्यमन्त्री शाहले निजी क्षेत्र र विकास साझेदार संस्थासँग सहकार्य बलियो बनाउँदै लगानी भित्र्याउने गरी प्रदेश सरकार लागिरहेको बताए । ‘आवश्यक नीति तथा संस्थागत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्नु र ठोस परियोजनाहरूलाई अगाडि बढाउनु हाम्रो दायित्व हो,’ मुख्यमन्त्री शाहले भने, ‘सम्मेलनमा पूर्वाधार, पर्यटन, कृषि, औद्योगिक विकास, ऊर्जा, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रका प्राथमिक परियोजनाहरू प्रस्तुत गरिनेछ ।’

परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालमा कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, संयुक्त राष्ट्र संघका प्रतिनिधि तथा विकास साझेदार संघ–संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीहरू सहभागी थिए । उ

नीहरूले लगानी सुदूरपश्चिममा लगाउन आफूहरू तयार रहेको भन्दै नीतिगत विषयमा जोड दिन सरकारलाई सुझाव दिएका थिए । मंसिर १ र २ गते सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved