गृहमन्त्री लेखक पुगे हैजा संक्रमित बिरामीबारे जानकारी लिन वीरगन्जका विभिन्न अस्पताल,सुरक्षा निकायका डाक्टर पनि खटाइयो

  • भदौ १५, २०८२
  • कालापानी मिडिया
alt

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्साकाे वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीकाे स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छ्न।

शनिबार साँझ वीरगन्ज पुगेका गृहमन्त्री लेखकले वीरगन्जकाे नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीकाे स्वास्थ्यबारे जानकारी लिएका हुन् । गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए ।

महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीयसुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए ।

अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनकाे भनाइ थियाे । ‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ। तपाईँलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे चिकित्सक टाेलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ,’ गृहमन्त्री लेखकले भने, " यसका लागि केन्द्रीय सुरक्षा समितिकाे बैठकले निर्णय गरिसकेको छ ।

प्रधानमन्त्रीज्यूले पनि प्रतिनिधिसभा बैठकमा पनि सुरक्षा निकायका चिकित्सक परिचालन गर्ने बताएका छन्।" गृहमन्त्री लेखकले हैजा पुर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा पनि जोड दिए ।

गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रकाे वस्तु-अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका दुई जना डाक्टरलाई जिम्मेवारी पनि दिएका छन्।

IMG-20250831-WA0000 IMG-20250831-WA0004 IMG-20250831-WA0003 IMG-20250831-WA0001 IMG-20250831-WA0000 1 IMG-20250831-WA0002

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
यस वर्षको वसुन्धराश् ...

काठमाडौँ-। वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार ...

​"राप्रपाको दुर्गति: ...

अनुपमा जोशी। नेपालका प्राय सबै पुराना दलहरूमा पुरानाले नयाँलाई अगाडि बढ्न नदिने सिन्डिकेटको प्रणाली ...

नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved