जेन जी आन्दोलनका क्रममा तीन जनाको मृत्यु दर्जनौं घाइते,प्रशासनले लगायो कर्फ्यु ,सडकमा नेपाली सेना खटाइयो

  • भदौ २३, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं : जेन-जी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर हालसम्म ३ जनाको मृत्यु भएको छ। काठमाडौंको मीनभवनस्थित सिभल अस्पताल, नयाँबानेश्वरको एभरेष्ट अस्पताल र ट्रमा सेन्टरमा एक-एक जनाको मृत्यु भएको हो।

मृतक तीनै जना युवकको परिचय खुलेको छैन। प्रदर्शनका क्रममा एक सयभन्दा धेरै प्रदर्शनकारी घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल, बानेश्वरको एभरेष्ट अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

काठमाडौंमा भएको आन्दोलन नियन्त्रण गर्न नसकेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीका फोहरा र अश्रुग्यासका साथै रबरका गोली हानेको थियो। जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाए पनि काठमाडौंमा युवाहरूको प्रदर्शन रोकिएको छैन। सडकमा नेपाली सेना समेत परिचालन गरिएछ । 

IMG_20250908_151612 IMG_20250908_151703 IMG_20250908_151624

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved