२० चैत, कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाईरस (कोभिड–१९) को आशंकामा अहिले सम्म ९ जनाको नमुना संकलन गरिएको छ। जिल्लामा फ्रान्सबाट कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका युवकको समेत गरी अहिले सम्म ६ जनाको रिर्पोट आईसकेको छ।
उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गर्ने नियमित सूचनामा ९ जनाको थ्रोट स्वाब संकलन गरी पठाएकोमा ६ जनाको रिर्पोट नेगेटिभ आएको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved