कञ्चनपुरमा बिदेशबाट आएकाहरुको तथ्यांक सार्वजनिक

  • चैत २०, २०७६
  • कालापानी मिडिया
alt

२० चैत, कञ्चनपुर । कञ्चनपुरमा भारत सहित तेस्रो मुलुकबाट फर्किएकाहरुको तथ्याङ्क सार्वजनिक गरिएको छ। जिल्लाका नौ वटै स्थानीय तहले संकलन गरेको विवरण अनुसार भारत सहितका मुलुकबाट स्वदेश फर्किएकाहरुको संख्या ४ हजार सात सय बढि रहेको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै स्थानीय तहमा चार हजार सात सय ९२ जना विदेशबाट फर्किएको पाईएको जनाएको छ। जिल्लामा सबैभन्दा बढि कृष्णपुर नगरपालिकाबाट विदेशबाट फर्किएका छन्। कृष्णपुर नगरपालिकामा सबैभन्दा बढि भारत र युएईबाट आठ सय १९ जना फर्किएका छन्।

यस्तै वेदकोट नगरपालिकामा भारत र अन्य देशबाट सात सय ५५ जना, शुक्लाफाटा नगरपालिकामा भारत, युएई र जर्मनीबाट सात सय ५० जना, पुर्नवास नगरपालिकामा भारत र अन्य मुलुकबाट सात सय ३० जना, भीमदत्त नगरपालिकामा भारत र कतारबाट सात सय २० जना फर्किएका छन्।

यसैगरी महाकाली नगरपालिकामा भारत र मलेसियाबाट तीन सय ६० जना, बेलौरी नगरपालिकामा भारत र युएईबाट दुई सय ६९ जना, बेल्डाडी गाउँपालिकामा भारतबाट मात्र दुई सय ५५ जना र लालझाडी गाउँपालिकामा भारत, साउदी अरब र युएईबाट एक सय ३४ जना स्वदेश फर्किएका छन्।

जिल्लामा चार हजार सात सय बढि भारत सहित तेस्रो मुलुकबाट फर्किएको भएपनि अहिले सम्म ५१ जनालाई मात्र क्वारेन्टाईनमा राखिएको छ। अन्य सबैलाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ।

सेल्फ क्वारेन्टाईनमा बसेकाहरुमाथि पनि स्वास्थ्यकर्मीले घर–घरमै पुगेर निगरानी गरिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जानकारी दिए।

दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved