यी नदिहरुमा आउन सक्छ बाढी

  • असोज १८, २०८२
  • कालापानी मिडिया
alt

बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी हावाले अहिले देशभर वर्षा गराइरहेको छ। अहिले मधेस प्रदेशदेखि लुम्बिनीसम्म वर्षा भइरहेको छ।

सबैतिर मध्यम वर्षा भइरहेको छ। यद्यपि शनिबार दिउँसो अर्को प्रणाली भित्रँदै गरेकाले त्यसले ठूलो वर्षा गराउने सम्भावना छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूको अवस्था सतर्कता तह भन्दा तलै रहनेछ। शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने नदीहरूमा बहाव उल्लेख्य बढ्न सुरू गर्नेछ।

शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

भोलि आइतबार बिहानदेखि बेलुकी सम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने आकलन गरिएको छ।

आइतबार रातिदेखि कोशी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने महाशाखाले बताएको छ। त्यसैले बाढी र डुवान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी रहेको महाशाखाले भनेको छ।

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved