नारायणगढ-मुग्लिन सडकको तीन ठाउँमा पहिरो, ठप्प भयो दुईतर्फी बाटो

  • असोज १९, २०८२
  • कालापानी मिडिया
alt

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तीन स्थानमा पहिरो खस्दा चितवन भएर गुड्ने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् ।

पहिरोको जोखिमका कारण हिजो साँझ ६ बजेदेखि नै यस क्षेत्रमा जिल्ला सुरक्षा समितिले गाडी चलाउन रोकेको थियो । चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार अहिले तुइनखोला , कालीखोला तथा फिस्लिङ देखि उत्तर खण्डमा समेत पहिरो खसेको छ । जसका कारण दुबैतर्फ सडक अवरुद्ध रहेको छ ।

तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको उनले जानकारी दिए । पहिरो गएका स्थानमा बाटो खुलाउने काम पनि भइरहेको जनाइएको छ । यसका साथै धादिङ , तनहुँका विभिन्न सडक खण्डमा समेत पहिरो खसेर बाटो अवरोध भएकोले काठमाडौं जाने सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ ।

चितवन प्रहरीले बाटो पन्छाएर सञ्चालनमा नआउँदासम्म हिजोदेखि होल्डिङ सेन्टरमा रहेका यातायातका साधनलाई सोही स्थानमा रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपाल वायु सेवा निगम ...

काठमाडौँ : नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न ...

मतदाता नामावलीमा नाम ...

काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता कार्यलाई तीव ...

मधेसका मुख्यमन्त्री ...

काठमाडौँ : सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कु ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved