विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि

  • असोज २८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको हमासले पुष्टि गरेको छ।

हमासको सैन्य शाखा, अल-कस्साम ब्रिगेड्सले विपिनसहित चारजना मृतक बन्धकहरूको नाम सार्वजनिक गरेको सिएनएनले जनाएको छ। उनीहरूको शव सोमबार हस्तान्तरण गरिँदै छ।

हमासका अनुसार विपिन जोशी, ड्यानिअल पेरेट्ज, योसी शराबी र गाई इलौजको शव इजरायललाई हस्तान्तरण गरिँदै छ। यसअघि हमासले इजरायललाई बुझाएको जीवित रहेका र मृत्यु भइसकेका बन्धकको सूचीमा विपिनको नाम थिएन।

यसअघि इजरायली सेनाले जोशी जिवित रहेको कुनै प्रमाण नभेटिएको परिवारलाई जानकारी गराएको थियो। इजरायलसँगको युद्धविरामपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जना जीवित बन्धक छाडिसकेको छ।

यस्तै, मृत्यु भइसकेका २८ जनाको शव बुझाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved