कोरोनाबाट विश्वमा ४७ हजार २४५ को मृत्यु, नौ लाख ३६ हजार ५० सङक्रमित

  • चैत्र २०, २०७६
  • कालापानी मिडिया
alt

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ। पछिल्लो विवरणअनुसार संंसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ। 

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ। 

कोरोनाभाइरस संक्रमणबाट सर्वा्धिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य। 

इटालीमा १ लाख १० हजार ५७४ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार १५५ को मृत्यु भएको छ । यसैबीच १६ हजार ८४७ निको भएर फर्किएका छन्।  

स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ। यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन्। 

संयुक्तराज्य अमेरिकामा २ लाख १५ हजार ३०० कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ११० को मृत्यु भएको छ। यसैबीच ८ हजार ८७८ निको भएर फर्किएका छन्। 

फ्रान्समा ५६ हजार ९८९ कुल सङ्क्रमित भएका छन् भने, चार हजार ३२ को मृत्यु भएको छ। यसैबीच १० हजार  ९३५ निको भएर फर्किएका छन्। 

चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ। यसैबीच ७६ हजार  २३८ निको भएर फर्किएका छन्। 

इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३६ को मृत्यु भएको छ। यसैबीच १५ हजार  ४७३ निको भएर फर्किएका छन्।

बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ३५२ को मृत्यु भएको छ  यसैबीच १३५ निको भएर फर्किएका छन्। 

नेदरल्यान्ड्समा १३ हजार ६१४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १७३ को मृत्यु भएको छ। यसैबीच २५० जना निको भएर फर्किएका छन्। 

जर्मनीमा ७७ हजार ९८१ कुल भएका छन् भने, ९३१ को मृत्यु भएको छ। यसैबीच १८ हजार ७०० निको भएर फर्किएका छन्। 

बेल्जियममा १३ हजार ९६४ कुल सङ्क्रमित भएका छन् भने, ८२८ को मृत्यु भएको छ। यसैबीच २ हजार १३२ निको भएर फर्किएका छन्। रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved