एमाले महाधिवेशन लम्बियो, अज मतदान नहुने संकेत

  • पुस १, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान गर्ने भनिए पनि असम्भव देखिएको छ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि दिउँसो १ देखि बेलुका ७ बजेसम्मको समय निर्धारण गरेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ। केन्द्रीइ निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बाका अनुसार आज मतदान असम्भव भएको बताएका छन्।

उनले अन्तिम नामावली प्रकाशनपछि मेसिनमा नामावली लोड हुन कम्तिमा १६ घण्टा लाग्ने बताउँदै मतदान आज सम्भव नहुने बताए। उनले भोलि बिहानबाट मतदान गर्न सकिने उल्लेख गरे। सुब्बाका अनुसार सहमतीको प्रयास पनि भइरहेको उल्लेख गरे। सुब्बाका अनुसार बुधबार मतदान भए बिहीबार साँझसम्ममा परिणाम सार्वजनिक गरिसक्ने उल्लेख गरेका छन्।

११ औं महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । त्यसैगरी, यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

ओली र पोखरेल दुवैले प्यानलसहित उम्मेदवारी दिएका छन् । एमालेमा पदाधिकारीमा मात्रै कूल ४२ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारको प्रारम्भिक सूची अनुसार पदाधिकारीमा ४२ को उम्मेदवारी परेको देखिन्छ। आयोगका अनुसार उपाध्यक्षमा ११ जना, महासचिवमा २ जनाको उम्मेदवारी परेको छ।

यस्तै, उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ। महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी पर्दा उपाध्यक्ष र सचिवमा भने धेरै उम्मेदवारी दर्ता भएका छन्। महासचिवको दाबेदार प्रदीप ज्ञवालीले भने केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका छन्। उनले उपाध्यक्ष अश्विकार गरेको भन्दै आलोचना भइरहेको छ।

५ उपाध्यक्षका लागि ओली समूहबाट विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्वी सुब्बाको उम्मेदवारी दर्ता भएको छ। ईश्वर पोखरेल समूहबाट गोकर्ण बिष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ र टंक कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

यही समूहले समर्थन गर्ने प्रतिबद्धता जनाएपछि रघुजी पन्तले पनि उम्मेदवारी दिएका छन् । उनी दुवै पक्षको साझा उम्मेदवार बन्न कोसिस गरिरहेका छन्। उपमहासचिव पदमा ओली समूहबाट विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी दर्ता भएको छ। पोखरेल समूहबाट योगेश भट्टराई, आनन्द पोखरेल र वैजनाथ चौधरीको उम्मेदवारी परेको छ।

यसअघि प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले पनि उपमहासचिवमा उम्मेदवारी दिएका छन्। सचिव पदमा ओली समूहको तर्फबाट पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की र महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्।

पोखरेल समूहबाट गोकुल बास्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल र रचना खड्काले उम्मेदवारी दर्ता गराएका छन्। पूर्वमन्त्री एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल र पूर्वमन्त्री लालबाबु पण्डितले पनि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन्।

एमालेको महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved