अभिनेता भुपेन चन्द बैतडीबाट चुनावी मैदानमा

आइटी इन्जिनियर ,पाइलट, रहेका भुपेन अभिनेता समते हुन् ।

  • पुस ६, २०८२
  • कालापानी मिडिया
alt

बैतडी । आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीमा उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा भुपेनबहादुर चन्दलाई पहिलो नम्बरमै अघि सार्दै राप्रपाले चुनावी तयारीलाई तीव्र बनाएको छ । राप्रपाले प्रत्यक्षतर्फ भुपेनबहादुर चन्द, इन्द्रदेवशरण भट्ट र नवीना शाही चन्दको नाम सिफारिस गरेको पार्टी जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले जानकारी दिए ।

यस्तै समानुपातिकतर्फ गणेश चन्द, अम्बिका भण्डारी र जिते महरको नाम सिफारिस गरिएको छ। अन्य कुनै प्राविधिक अड्चन नआएमा भुपेनबहादुर चन्द नै राप्रपाको सर्वसम्मत उम्मेदवार बन्ने अध्यक्ष भट्टको भनाइ छ ।

अभिनेता समेत रहेका चन्दलाई मैदानमा उतारेर राप्रपाले बैतडीमा आफ्नो पुरानो राजनीतिक साख पुनःस्थापित गर्ने दाउ खेलेको विश्लेषण गरिएको छ । बैतडी पूर्व प्रधानमन्त्री चन्दको गृह जिल्ला हाे । हालकाे सुर्नया गाउँपालिका वडा नं २ कुरकुटियामा जन्मनुभएका चन्द चार पटक मुलुककाे प्रधानमन्त्री बनेका थिए ।

निशकलंक नेताकाे रुपमा चिनिएका पूर्वप्रधानमन्त्री चन्दका छाेरालाई अहिले राप्रपा बैतडीले चुनाव जित्ने रणनीतिका साथ पहिलाे नम्बरमा सिफारिस गरेकाे बताइएकाे छ ।

भुपेन चन्दले नेपाली राजनीतिमा विरासतभन्दा क्षमताका आधारमा स्थापित हुन चाहेकाे राप्रपका नेताहरुले बताए । राजनीतिक परिवारमा हुर्केका चन्द ज्ञान,सीपका आधारमा पनि याेेग्य व्यक्ती हुन् । आइटी इन्जिनियर ,पाइलट, रहेका भुपेन अभिनेता समते हुन् । बैतडीकाे अवस्था राम्राे संग बुझेका भुपेन पुरानो अनुभव नयाँ सोच र ऊर्जा सहित चुनावी मैदानमा आउन लागेका नेताहरुकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved