काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कुन्ती पोखरेल काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस भएकी छन् ।
युवा नेता पोखरेललाई क्षेत्रीय कार्य समितिले प्रत्यक्षतर्फ सिफारिस गरेको हो । २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेर रास्वपाकी सोबिता गौतमसँग झिनो मतले पराजित भएकी पोखरेल यसपटक जित निकाल्नेगरी सोही क्षेत्रमा खटिएकी छन् । सो क्षेत्रमा प्रदेश सभा राप्रपाले जितेको छ भने शंखरापुर नगरपालिका पनि राप्रपाले जितेको छ ।
कुन्तीले आफू सोही क्षेत्रमा चुनाव हारेपछि पनि निरन्तर जनतासँगै क्रियाशील रहेकाले अघिल्लो नतिजा उल्टिने अपेक्षा गरेकी छन् । उनी हरेक समयमा सो क्षेत्रमा जनता संगै हातेमालो गर्दै आएकी छिन ।
त्यहीँबाट शशी सिल्वाल,नवराज सिम्खडा,सुजित केसी,दिपक केसी र मणि सिम्खडाको पनि नाम सिफारिस भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved