दुर्गा पर्साइ र प्रधानमन्त्री कार्की हिन्दु राज्य, राजसंस्था स्थापनाबारे निरन्तर संवादमा, पुस १५ गते वार्ता

  • पुस ७, २०८२
  • कालापानी मिडिया
alt

सरकारले हिन्दु राज्य स्थापना, प्रदेश खारेजी र राजसंस्था स्थापनाबारे दुर्गा प्रसाईँ समूहको टिमसँग निरन्तर संवादमा रहेको जानकारी दिएको छ।

यसका लागि प्रसाईँ र प्रधानमन्त्री सुशीला कार्कीबीच पुस १५ गते मंगलबार वार्ता हुने जानकारी सरकारले दिएको छ। प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानको वार्ता समितिको संयोजकलाई सोमबार प्रधानमन्त्रीको स्वकीय सचिवालयले लेखेको पत्रमा सरकारसमक्ष उनले राखेका २७ बुँदे मागका सम्बन्धमा निरन्तर संवाद भइरहेको जानकारी गराउँदै पुस १५ गते प्रधानमन्त्री कार्कीसँग प्रसाईँको भेट तय भएको जानकारी गराएको हो।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा जारी विज्ञप्तिअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा गठित सरकारी टोली र नागरिक बचाउ महाअभियानको वार्ता समितिबीच गत पुस १ गतेदेखि नै छलफल भइरहेको हो। यस वार्ताका क्रममा किरात र बौद्ध सहितको हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाका विषयमा जनमत संग्रह मार्फत निर्णय लिनुपर्नसहितका मागलाई प्रमुखतासाथ लिइएको जानकारी पनि खनालले दिएका छन्।

सरकार फागुन २१ को चुनावका लागि तयारीमा रहँदा उसले हिन्दु राज्य, प्रदेश खारेजी र राजसंस्था स्थापनाका लागि जनमतसंग्रहका मागमा पनि छलफल भइरहेको जानकारी दिएको हो। सरकारले दिएको जानकारीअनुसार २०८१ चैत १५ को तिनकुने सभाका क्रममा दुर्गा प्रसाई लगायतका अभियन्ताहरूमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिनुपर्ने, बैंक, सहकारी र लघुवित्तको ऋण मिनाहा (२० लाख मुनि), कालोसूची हटाउने र लिलामी प्रक्रिया तत्काल रोक्नुपर्न, सुकुम्बासी र कवाड व्यवसायीलाई वैकल्पिक व्यवस्था नभएसम्म हालको स्थानबाट हटाउन नहुने, नर्सिङ, एमबिबिएस र एमडी अध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्नुपर्नलगायत मागहरूमा सञ्चारमन्त्री खरेल नेतृत्वको वार्ता समिति र प्रसाईँको नेतृत्वबीच निरन्तर वार्ता भइरहेको हो।

सचिवालयले कतिपय मागहरू नीतिगत, कानुनी र संवैधानिक जटिलतासँग जोडिएकाले विस्तृत प्राविधिक अध्ययनका लागि थप समय लाग्ने जनाएको छ । सरकारले वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान खोज्न आफू प्रतिबद्ध रहेको समेत दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved