काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएका छन्।
सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको पनि बताए। रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको उनले बताइन्।
नेकपा एमाले अध्यक्ष एवं जेनजी आन्दोलनको समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानून हुने बताउँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने कुरा नभएको उनले बताइन्।
यसअघि एक टेलिभिजन कार्यक्रममा ओलीले बयान दिन नआए गोली हाने भो त भनेर जवाफ दिएका थिए। उनले आफूहरू कानूनका ज्ञाता भएकाले कानूनअनुसार अघि बढ्ने बताइन्। आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दावी पनि गरिन्।
उनले भनिन्, 'मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि,कानून भनेको। हामी त कानूनका ज्ञाता मान्छेहरू हौँ। त्यसका पनि घडी छन्। आज हामी आइसकेपछि ४० वटा जति मुद्दा अख्तियारले दर्ता गरेको छ।
सिआइबीले काम गरेको गर्यै छ। त्यो काम त कहिल्यै भएको पनि थिएन। यो कुरा पनि मनन गर्नुहोला।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved