फागुन २१ मा निर्वाचन नभए संसद पुनःस्थापना हुने

  • पुस ७, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले संसदविहिनताको अवस्था ६ महिनाभन्दा पर जान नसक्ने बताएका छन्।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट धारणा राख्दै पुनले ६ महिनाभित्र चुनाव नभए संसद पुनस्थापनाको विकल्पमा जानुपर्ने बताएका हुन्।

उनले भने, ‘सरकार ६ महिनाभन्दा उता संविधानविपरित जान खोज्यो भने हाम्रो समर्थन हुँदैन हामीले स्पष्टसँग भनेका छौँ । यदि ६ महिनाभित्र अर्को पार्लियामेन्ट आएन भने कि सडकले निर्णय गर्छ कि पुरानै संसद पुनःस्थापना हुन्छ । यी कुरामा हामी सबै क्लियर छौँ।’ कांग्रेस एमाले संसद पुनःस्थापनाको माग राख्दै सर्वोच्च अदालत गएका बेला घोषित फागुन २१ गतेको चुनाव नभए संसद ब्युत्याउनुपर्ने पक्षमा नेकपा पनि उभिएको हो।

देशलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने नेता पुनको भनाइ छ। उनले संविधानविपरित हुने गरी सरकारले चुनावको मिति ६ महिनाभन्दा पर धकेल्ने प्रयास गरे आफूहरुलाई स्वीकार्य नहुने जनाए। ‘घोषित मितिमा निर्वाचन सम्पन्न गराउने विषयमा सरकारको तर्फबाट आएको कमिटमेन्ट सराहनीय छ ।

हाम्रो दलको तर्फबाट यसको लागि सरकारलाई आभार व्यक्त गर्न चाहान्छु, छलफलमा पुनले अगाडि भने, ‘सरकारले पनि निर्वाचनलाई वैशाख, जेठतिर लैजान खोजेको हो कि भन्ने शुरु शुरुका दिनमा आशंका थियो । अहिले त्यो ठाउँ नभएको जस्तो देखिन्छ । प्रमुख राजनीतिक दलहरु समेत चुनावी प्रक्रियामा आइसकेको हुनाले उनीहरुलाई अझै प्रोत्साहित गर्नुपर्छ ।’ उनले चुनाव घोषणा भएर तयारी पुरा हुन लागि सकेको अवस्थामा कानुन संशोधन गर्ने कुरा आफ्नो पार्टीका लागि स्वीकार्य नहुने चेतावनी दिए।

‘एउटा कुरा खेल शुरु भइसकेपछि खेलका नियमहरु बिच बिचमा बदल्नु हुँदैन । बदल्यौँ भने कन्फिल्क्टहरु ल्याउन सक्छ, पुनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved