लिङ्गदेन नेतृत्वको राप्रपामा विलय भयो कमल थापाको राप्रपा नेपाल

  • पुस ९, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरेको करिब चार वर्षपछि कमल थापा फेरि ‘पुरानै घर’ राप्रपामा फर्किएका छन् । राप्रपा र राप्रपा नेपालबीच आज पार्टी एकताको लिखित सहमति भएको छ ।

कागजी रुपमा एकता भनिए पनि व्यवहारिक रुपमा कमल थापा र उनको समूह राप्रपामा फर्किएका हुन् । आज अकस्मात् नै सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम भएको बताइएको छ। राप्रपा नेपालले भोलि बिहान जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक र दिउँसो कार्यसम्पादन समितिको बैठक राखेको थियो । एकताको सहमति जुटेसँगै दुवै बैठक स्थगित गरेको छ ।

सहमतिका विषयवस्तुहरू केही पनि सार्वजनिक गरिएको छैन । राप्रपा स्रोतले एक बुँदे सहमतिमा हस्ताक्षर हुन सक्ने बताए । मुलुकलाई अहिले बलियो प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको हुँदा पार्टी एकता गर्ने निर्णयमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । बर्ताैलाका अनुसार आज सहमति पत्रमा हस्ताक्षर हुनेछ भने १६ पुसमा घोषणासभा आयोजना गरिनेछ । एकताको मोडालिटी दुवै पार्टीको वार्ता टोलीले टुंग्याउने उनले जानकारी दिए ।

राप्रपाको वार्ता टोलीमा बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान छन् । यस्तै, राप्रपा नेपालको टोलीमा राजीव पराजुली, राजाराम बर्तौला र तेजकुमार कुर्म रहेका छन् । एकतापछि राप्रपामा कमल थापा पूर्वअध्यक्षको हैसियतमा रहने तय छ । राप्रपाको विधान अनुसार पूर्वअध्यक्ष पार्टीको कार्यसम्पादन समितिदेखि सबै केन्द्रीय समितिहरूमा पदेन सदस्य रहन्छन् । त्यसबाहेक अन्य नेताहरूको पदीय मिलानबारे टुंगो लाग्न बाँकी रहेको नेताहरूले बताएका छन् ।

राप्रपाका एक पदाधिकारीले भने, ‘यो निशर्तरुपमा हुन लागेको एकता हो, उहाँहरूले कुनै पनि पदका लागि बार्गेनिङ गर्नुभएको छैन । न्यायोचितरुपमा पदीय मिलान हुन्छ ।’

२०७८ सालमा भएको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि कमल थापाले पार्टी परित्याग गरेका हुन् । उनले आफूलाई राजाले चुनाव हराएको भन्दै राजसंस्थाको एजेन्डा पनि त्यागेका थिए । त्यसपछि थापाले राप्रपाका आफू निकट नेताहरूलाई साथ लिएर ‘राप्रपा नेपाल’ ब्युँताए । तर, सो पार्टीले जनतामा खासै प्रभाव पार्न सकेन ।

थापा स्वयम्ले एमालेको चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका थिए । तर पनि पराजित भए । राजनीतिक अस्तित्वको संकट पर्दै गएपछि थापाले केही समयदेखि राप्रपामा फर्किने मनशाय बनाएका थिए । संयुक्त जनआन्दोलन समितिको ब्यानरमा यसै वर्ष भएको राजावादी आन्दोलनले थापा र लिङदेनलाई नजिक ल्याएको थियो । त्यहीँबाट एकताको ढोका खुलेको हो ।

राप्रपाले यो मंसिर १८ गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने थियो । तर, पार्टीको बैठकले अध्यक्ष लिङदेनको कार्यकाल ६ महिना थप गरेको छ । जसअनुसार आगामी जेठ १८ भित्र महाधिवेशन गर्नुपर्छ । अध्यक्ष लिङदेन फेरि अध्यक्ष बन्ने योजनामा छन् ।FB_IMG_1766583204903

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved