ओलिको निर्वाचन क्षेत्र भनेर चिनिएको झापा ५ मा राप्रपाका युवा नेता गोपाल पौड्यालको उम्मेद्बारी

  • पुस ११, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि झापा– ५ मा राप्रपाले प्रत्यक्षतर्फ युवा नेता गोपाल पौड्याललाई सिफारिस गरेको छ ।

राप्रपाका केन्द्रीय सदस्य तथा सञ्चारकर्मीसमेत रहेका पौड्यालले यसअघि स्थानीय तह निर्वाचनमा गौरादह नगरपालिकामा राप्रपाबाट मेयरमा प्रतिस्पर्धा गरेका थिए । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली चुनाव लड्दै आएको उक्त क्षेत्र एमालेको गढ रूपमा चिनिन्छ ।

यद्यपि राप्रपा सङ्ग तालमेल नगरेमा भने ओलिलाई पनि त्यस क्षेत्रबाट जित्न मुस्किल पर्ने स्थानियको भनाई छ । अघिल्लो निर्वाचनमा पनि ओलि र राप्रपा अध्यक्ष लिङ्गदेनले तालमेल गरेर नै निर्वाचन जितेको बताउदै उनिहतु भन्छन ,"यता राजेन्द्र लिङ्गदेन सङ्ग कुरा नमिलाई ओलिलाई निर्वाचन जित्न गारो छ, उता ओलि सङ्ग तालमेल नगरे लिङ्गदेनलाई गारो छ, यहाँ राप्रपाको पनि राम्रै मत छ, अब गोपाल जिलाई उम्मेदवारी दिने भन्ने सल्लाह भएको छ राम्रै होला । गोपाल जि पनि लामो समय (विध्यार्थी राजनीति)देखि पार्टीमा होमिएर लाग्नुभएको हो, अब पालो दिनुपर्छ, ।"

०४८ देखि त्यस क्षेत्रबाट चुनाव लड्दै आएका ओली ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । त्यसबाहेक अरू सबै संसदीय निर्वाचनमा ओली विजयी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved