झापा क्रान्तिका नाममा मारिएका २२ वर्षे ढकाललाई पहिलो जेन्जी सहिद घोषणा गर्न खुस्बु ओलीको माग

  • पुस १२, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा नेतृ खुस्बु ओलीले २०२८ सालमा झापा क्रान्तिका नाममा मारिएका २२ वर्षे ज्ञानेन्द्र ढकाललाई पहिले जेनजी शहीद घोषणा गर्न माग गरेकी छन् ।

राप्रपाले शनिवार विर्तामोडमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै युवा नेता ओलीले राजनीतिकरुपमा हत्या गरिएका पहिलो जेनजी ज्ञानेन्द्र ढकाल भएको बताएकि हुन् ।

उनले भनिन्– २०२८ सालमा बनारसबाट एमएससी अध्ययन पूरा गरेर स्वदेश फर्किएका २२ वर्षे युवा ज्ञानेन्द्र प्रसाद ढकाललाई, घर फर्किएको दिनमै उनका पिता धर्मप्रसाद ढकालसहित हत्या गरियो ।

यो घटना अहिलेको जेनजी जस्तै नवयुवा पुस्तामाथि भएको पहिलो राजनीतिक हत्या थियो। त्यसैले ज्ञानेन्द्र प्रसाद ढकाललाई पहिलो जेनजी शहीद घोषणा गर्न माग गर्छु । " एमाले अध्यक्ष केपि ओलिको नामै लिएर उनले भनिन, ओलि ज्यु तपाईंको राजनीति २२ बर्षका जेन्जिलाई हत्या गरेर सुरु भएको थियो, अहिले फेरि आएर राजनीतिको उत्तरार्धमा ७६ जना जेन्जीको मृत्युुबरण सङ्गै तपाईंको सत्ता उनीहरुको रगतमा लत्पतिएको छ । उनले अगाडी थपिन झापा जिल्ला लालकिल्ला भनियो तर रगतको लालकिल्ला बनाएर छाडे कम्युनिस्टहरुले।,

तत्कालीन झापा क्रान्तिको चरणमा वर्गशत्रु सफाय अभियान अन्तर्गत जमिनदारको हत्या गर्ने नाममा सो घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved