संकटका बेला जिम्मेवार क्षेत्रबाट गरिने लापरबाही देशद्रोह हो :सांसद राजेन्द्र लिङ्देन

  • चैत २०, २०७६
  • कालापानी मिडिया
alt

झापा २० चैत : राप्रपाका नेता तथा सांसद राजेन्द्र लिङ्देनले देश संकटमा रहेका बेला जिम्मेवार क्षेत्रबाट गरिने लापरबाही र अनियमित तरीकाबाट गरीने आर्थिक आर्जन केवल भ्रष्टाचार मात्र होईन देशद्रोह भएको बताएका छन ।नेता लिङ्देनले सामाजिक संजाल मार्फत सरकारले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया रद्दको विषयप्रति लक्षित गर्दै देश संकटमा रहेका बेलामा गरिने अनियमितता भ्रष्टाचार मात्र होइन देशद्रोह भएको बताएका हुन् । साथै उनले सरकारले खरीद प्रक्रिया रद्द गरेर स्वास्थ्य सामाग्री खरीदमा भएको अनियमिततालाई स्वीकार गरेको तथा दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने समेत बताएका छन् ।

उनले भनेका छन,सरकारले स्वास्थ्य सामाग्री खरीद प्रक्रिया रद्द गरेर स्वास्थ्य सामाग्री खरीदमा भएको अनियमिततालाई स्वीकार गरेको छ।‬‪देश संकटमा रहेका बेला जिम्मेवार क्षेत्रबाट गरिने लापर्वाही र अनियमित तरीकाबाट गरीने आर्थिक आर्जन केवल भ्रष्टाचार मात्र होईन देशद्रोह हो ।‬‪छानविन गरेर यसका अपराधीहरलाई कार्वाहीको दायरामा ल्याउनुपर्छ।‬” बुधबार मात्र स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परिक्षण किड गुणस्तर हिन भएको, खरिद मूल्य महगो परेको र सम्झौता गरिएको कम्पनीको दर्ता समेत नरहेको बताउदै खरिद प्रक्रिया नै रद्द गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved