साम्बाको उपचार निःशुल्क गरिने डा. सुनिल शर्माको घोषणा

  • फागुन १२, २०८२
  • कालापानी मिडिया
alt

मोरङ ३ - बाट प्रतिनिधिसभाका का उम्मेदवार डा. सुनिल शर्माले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचार निःशुल्क गरिदिने घोषणा गरेका छन्।

कांग्रेस नेता शर्माले देशका लागि महत्वपूर्ण योगदान दिएकी खेलाडीको स्वास्थ्य उपचारमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन्। शर्माको यस घोषणालाई खेलप्रेमी तथा समर्थकहरूले सकारात्मक रूपमा लिएका छन्। डा. शर्माले खेल क्षेत्रको सम्मान र खेलाडीहरूको हितका लागि आफू सधैं अग्रसर रहनेपनि बताएका छन्।

सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि सामाजिक सञ्जालबाट आर्थिक सहयोग गर्न आग्रह गरेकि थिइन । न्युजिल्याण्डबाट उनले यस्तो अपिल गरेकी हुन्। उनी सिजन २०२५–२६ का लागि गत साउनमा न्युजिल्याण्डको वेलिङ्टन फोनिक्ससँग आबद्ध छिन्।

गत पुस ५ गते अस्ट्रेलियाको महिला फुटबल लिगमा ब्रिस्बेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा उनी घाइते भएकी थिइन्। बललाई हेड हान्ने क्रममा साम्बा र रोअरकी गोलकिपर ठोक्किँदा उनको दाहिने घुँडामा गम्भीर चोट लागेको थियो। सामाजिक सञ्जालमा उनले अहिले जटिल शल्यक्रिया आवश्यक रहेको र हालसम्म शल्यक्रिया हुन नसक्ने बताएसंगै डा. शर्माले उनको उपचार निशुल्क गर्ने प्रतिवद्दता गरेका हुन ।

प्रारम्भिक अनुमान अनुसार उनको उपचारमा करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved