अमेरिकाले इरानलाई वार्तामा झुलाउन चाहन्छ : रूस

  • फागुन १६, २०८२
  • कालापानी मिडिया
alt

मस्को : रूसले अमेरिकाले इरानलाई वार्तामा झुलाउन मात्रै खोजेको आरोप लगाएको छ। अमेरिका कहिले पनि इरानसँग कुनै पनि सम्झौतामा पुग्न नचाहेको रूसको दावी छ।

रूसी विदेश मन्त्रालयले इरानमाथि अमेरिकी र इजरायली आक्रमण तुरुन्तै रोक्न आह्वान गरेको छ। उसले परिस्थितिलाई ‘राजनीतिक र कूटनीतिक समाधानको बाटोमा फिर्ता ल्याउनुपर्ने’ बताएको छ। विदेश मन्त्रालयले भनेको छ - अन्ताराष्ट्रिय समुदायले तुरुन्तै यस क्षेत्रमा थप अस्थिरता निम्त्याउने गैरजिम्मेवार काम रोक्नुपर्छ।

पारस्परिक सम्मान र हितको सन्तुलनमा आधारित शान्तिपूर्ण समाधान खोज्न आफूले सहयोग गर्न तयार रहेको बताएको छ। यसैबीच रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले अमेरिकाले इरानसँगको आणविक वार्तालाई सैन्य कारबाही गरी ढाकछोपको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। "शान्ति कायम गर्ने शक्ति अमेरिकाले फेरि एकपटक आफ्नो वास्तविक रंग देखाएको छ"‚ मेदवेदेवले भने‚ "इरानसँगका सबै वार्ता ढाकछोप गर्ने कुरा मात्रै हुन्। यसमा कसैलाई शंका छैन। वास्तवमा अमेरिका कुनै पनि कुरामा सहमत हुन चाहँदैनथ्यो।" रूस इरानको परम्परागत घनिष्ठ मित्र हो। रूसले इरानलाई धेरै हतियार बेचेको छ। दुई देशहरूले संयुक्त सैन्य अभ्यास पनि गर्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved