इरानका सर्वोच्च नेता खामोनी मारिएको ट्रम्पको दाबी

  • फागुन १७, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्र्थ सोसलमार्फत वक्तव्य जारी गर्दै खामेनेईको मृत्यु भएको दाबी गरेका हुन्। ट्रम्पले उक्त कारबाही इरानी जनता तथा विश्वभर मारिएका वा घाइते बनाइएका अमेरिकी र अन्य देशका नागरिकका लागि न्याय भएको दाबी गरेका छन्।

उनले अमेरिकी गुप्तचर संयन्त्र र उच्चस्तरीय ट्र्याकिङ प्रणालीको सहायताले, इजरायलसँग नजिकको सहकार्यमा, खामेनेई र अन्य नेताहरूलाई निशाना बनाइएको उल्लेख गरेका छन्। यो इरानी जनताका लागि आफ्नो देश पुनः आफ्नो नियन्त्रणमा लिने ‘सबैभन्दा ठूलो अवसर’ भएको बताएका छन्।

उनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर, सेना तथा सुरक्षा निकायका धेरै सदस्यहरू लड्न इच्छुक नरहेको र अमेरिकासँग उन्मुक्ति खोजिरहेको दाबीसमेत गरेका छन्। ट्रम्पले इरानमा एकैदिनमा ठूलो क्षति पुगेको दाबी गर्दै मध्यपूर्व र विश्वभर शान्ति स्थापना गर्ने उद्देश्य पूरा नभएसम्म कडा र लक्षित बमबारी जारी रहने बताएका छन्। इरानले भने यस बारेमा बोलेको छैन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved