खोई को संग भरोसा गर्ने ?

  • चैत २१, २०७६
  • कालापानी मिडिया
alt

जब कुनै जनताले आफ्नो देश भित्र होस या बाहिर आफूलाई अफ्ट्यारो पर्छ तब सरकार प्रति आशा र भरौसा गर्छ। विदेश मा जती सुखै सफल व्यावसायी होस या मजदूरी गरेर बस्ने आफूलाई गार्हो पर्दा आफ्नो देश प्रति ठूलो भरोसा हुन्छ स्वभाबिक पनि हो ।

यस्तै अहिले को महामारी मा आफ्नो देश फर्किन चाहिने धरै देश बाशी साथी हरु आफ्नो देश को सीमा पार गरि घर पस्न नपाएर सीमा बाहिर नैअलपत्र भै कष्ट पूर्ण जीवनयापन गरी रहेका छन् । विदेशी भूमिमा विदेशी सरकारले दिएको मिठो नमिठो पाए सम्म एक छाक खाएर खुला आकाश मुनि दिन रात काति रहेका छन् र आफनो देशले उद्धारको आशा मा छन् ।

उद्धार नभए पनि सीमा प्रवेश खुल्ला गरी दिए दिनहुँ लगाएर आफनो घर मा परिवार सङ्ग बस्ने एक मात्र धोको लिएर बसिरहेका छन् भने कुनै व्याक्ती मरेपनि आफ्नै देश भित्र मर्छु भनी नदिमा हामफालेर नदी बाटै सीमा काटेर आफ्नो देश मा प्रवेश गर्ने सघर्शमा छन् । सरकार भने आतंककारी हरू या विध्वंस मचाउने आन्दोलनकारी जस्तो व्यबहार गरी आफनो मातृभूमि फर्कन नदिने भनि घमन्ड का साथ ठूलो स्वर ले चिच्याइरहेका छ। सरकारले देश मा कोरोना को संक्रमण हुन्छ भन्ने कुरा धरै अगाडि नै थाहा पाइसकेको र संक्रमण पश्चाप पनि लकडााउन गर्नु र त्उसपछि पनि उपचारको लागि प्राथमिक उपचारका साधनको जोहो गर्न तिर रुचि नै देखाएन ।

सबै भन्दा अफ्ट्यारो मा परेका कर्णाली प्रदेश र सुदूर पश्चिम का जन्ता हरू अझै पनि सरकार ले केहि गर्ला भन्ने भ्रममा रहेको देखिन्छ । साथै सुदुरपश्चिम प्रदेशको दार्चुला बैतडी जिल्लामा प्रवेश गर्नु नपाए पछि माहाकाली नदीमा हाम फालेर आफनो ज्यानको बाजी लगाएर आफनो घर आउनु खोज्ने दर्दनाक फोटो हरु समाचार माध्यम मा आउँदा र प्रहरीले अण्डरवेयर लागाएर मात्रै बाजार भरी घुमाउँदा पनि स्थानीय सरकार स्थानीय प्रशासन प्रदेश सरकार र केन्दीय सरकार लाई कुनै चिन्ता र चासो को विषय भएन यसै गरी बैतडी जिल्लाको सिमाना नजिक पर्ने भारत को पिथौरागद को लुवाघात बाट पञ्चेश्वर को धर्मघात को चोरुवा घाट बाट ट्यूब मा राखेर सिमाना प्रवेश गर्ने को ठूलो लार्को रहेको छ ट्यूब बाट महाकाली नदी तर्दा ठूलो दुर्घटना हुनु सक्ने खतरा रहेको छ।सो सीमा बाट बझाङ बैतडी डडेलधुरा दार्चुला का जन्ता हरू ट्यूब बाट महाकाली नदी पार गराए बाफ्त १००० रुपैयाँ तिरेर आउँदै छन्।स्थानीय सरकार, प्रदेश सरकार , प्रशासन मुख दर्शक भएर केन्दीय सरकारको जस्तै जन्ता लाई गारो पर्दा सहयोग गर्नु हुन्न भन्ने मानविय हिन र गैर जिम्मेवार भएर बसेको देखिन्छ । आखिर किन ?                               

सीमामा अलपत्र गर्ने गरी यि लकडाउन गर्नु नै थियो भने नेपालमा पहिलो संक्रमण हुने बित्तिकै पाँच सात दिनको समय दिएर गरेको भए सबै आफनो ठाउँमा आफ्नो हिसाब ले आउँथे जान्थे १यिअपमयधल अनिवार्य थियो अचानक भयो तर पनि जनतालाई बाटो मा अलपत्र छोड्न हुन्न सीमा खोलेर नियमित प्रक्रिया मा राखेर घर पठाउनु सरकारको कर्तव्य हो ,व्याक्ती को नैसर्गिक अधिकार हो यो बाट सरकार पछाडि फर्कन मिल्दैन अर्को तिर महामारी विरुद्ध लडने मेडिकल सामाग्री हरू माग महिना अथवा फाल्गुन महिना भरी जोहो गर्नु सक्नु पर्ने थियो तर अहिले सम्म केही गर्नु सकेको छैन।

अस्पताल का स्वास्थ्य कर्मी हरु बिना हतियार सेनालाई युद्धमा पठाएँ जस्तै भएकोले त्यसको परिणाम कल्पना गर्नु पनि सकिन्न ।यस्तो महाविपत्ति मा गैह्र जिम्मेवारी पन देखाएर सरकारले चीन बाट गलत नियत ,गलत प्रकिया ,गलत मेडीकल का सामग्री आयात गरेको देखिन्छ ।यो सरकार को लागि ठूलो असफलता हो।यस बाट अहिलेको विषम परिस्थितिमा सरकार प्रति एक रति भरोसा गर्न सक्ने ठाउ रहेन ।यसैको परिणाम निजी अस्पतालले जस्तो सुखै बिरामी किन नहोस् बिरामीलाई गेट भित्र प्रवेश निषेध गरेको छ भने सरकारी अस्पताल बिना साधन श्रोत बसी रहेका छन्।यस्तो स्थिति मा महामारी फैलिएर विकराल रूप लिने मात्र नभइ देशको व्यवस्था नै ठूलो संकट मा पर्न सक्छ ।

त्यसर्थ अभिलम्भ सिमानामा अलपत्र परेका लाई उदार गरी संबंधित ठाउँमा पुर्याएर नियमित जाँच प्रकिया मा राख ।मेडिकल सामाग्री खरिद मा अनियमितता गर्नेलाई कारबाही गर।मेडिकल सामाग्री सरकार र सरकार वार्ता गरी अबिलम्ब व्यवस्था गर।सरकारी अस्पताल ,स्वाथ्य कर्मी र निजी अस्पाललाई आबस्यक सामग्री उपलब्ध गराई निजी अस्पाल समेत लाई सबै बिरामीको उपचारका लागि निर्देशन गर।

जय देश
जय पशुपति नाथ
जय जनता

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved