नियति र निष्ठाको दोसाँधमा युवराज पारस

​"जब राष्ट्र र परिवारको अस्तित्वमाथि प्रश्न उठ्छ, तब मौन बस्नुभन्दा गर्जनु नै एक वीर पुरुषको पहिचान हो।"

  • फागुन ३०, २०८२
  • कालापानी मिडिया
alt

अनुपमा जोशी ।

​एउटा यस्तो पात्र जसलाई कसैले 'विद्रोही' देखे, कसैले 'उदण्ड'। तर, के कसैले उनलाई एउटा 'मान्छे' को रूपमा बुझ्ने प्रयास गर्‍यो? इतिहासले कसैलाई फूलको माला पहिर्‍याउँछ, त कसैलाई केवल आलोचनाको भारी। नेपालको राजसंस्थाको इतिहासमा सबैभन्दा बढी चर्चा र विवादमा परेका पात्र हुन्— युवराज पारस शाह। पारस शाह युवराज बन्नका लागि जन्मिएका थिएनन्।

उनी एक साधारण नागरिक झैँ स्वतन्त्र हुर्किएका थिए। तर, २०५८ जेठ १९ को त्यो विभत्स रातले उनको जीवन मात्र होइन, देशकै भूगोल बदल्यो। उनी युवराज बन्नका लागि प्रशिक्षित नभई अचानक त्यो भूमिकामा पुग्नु र लगत्तै यस्तो ठूलो विपत्ति आइलाग्नुले उनको व्यक्तित्वमा गहिरो असर पारेको हुनसक्ने कतिपयको तर्कलाई जायज मान्न सकिन्छ । हुनपनी आफ्नै आँखा अगाडि ठूलोबुबा बिरेन्द्रको वंश नाश हुनु, र आफ्नो आदर्श दाजु दिपेन्द्रलाई रक्ताम्मे अवस्थामा देख्नु— के त्यो सामान्य मान्छेले सहन सक्ने दृश्य थियो ? त्यो दृश्य देख्नु जोसुकैका लागि पनि विचलित पार्ने कुरा हो। धेरैले उनको स्वभावलाई दोष दिन्छन्, तर त्यो भयानक 'ट्रमा' (Trauma) पछि उनले आफूलाई कसरी सम्हाले होलान्? नसा र विद्रोही स्वभाव सायद त्यही पीडा लुकाउने एउटा असफल प्रयास मात्र थियो।

आलोचकहरू भन्छन् उनी अनियन्त्रित छन्। तर, समर्थकहरू सोध्छन्, के उनले देश बेचे? के उनले भ्रष्टाचार गरेर जनताको पसिना लुटे? पक्कैपनी उनिमाथि व्यक्तिगत व्यवहारका प्रश्नहरू उठ्लान तर उनले देशको सम्पत्ति बेचेको वा नीतिगत भ्रष्टाचार गरेको आरोप छैन । उनी बेलाबेला सार्वजनिक रूपमा देखिँदा सर्वसाधारणसँग घुलमिल हुनु र उनले गरेका राष्ट्रवादी कुरालेपनि उनि नेताहरूभन्दा "सच्चा" देशभक्त देखिन्छन । नेताहरू झैँ नीतिगत भ्रष्टाचारमा उनको नाम जोडिएन, उनी ​भ्रष्टाचार मुक्त छवि भएका ब्यक्तिमा चिनिन्छन । ​अझ भन्नुपर्दा विदेशी हस्तक्षेप र राष्ट्रियताको सवालमा उनले कहिल्यै सम्झौता गरेनन्। बरु आफ्नो राष्ट्र र जनतामाथी धावा बोल्नेलाई सिधै आक्रम गर्न सक्ने योद्धाका रुपमा परिचित छन उनी ।

​धेरैले युवाराज पारस शाहलाई केवल 'आवेग' को चस्माबाट हेर्ने गरे पनि, उनका समर्थकहरू र राष्ट्रवादी तप्काले उनलाई एक यस्तो व्यक्तिका रूपमा हेर्छन् जसले देश र परिवारको अस्मिताका लागि आफ्नो छवि दाउमा राखे। ​

राष्ट्रिय स्वाभिमानको रक्षा (रुबेल चौधरी प्रकरण)

​रुबेल चौधरीसँगको घटनालाई केवल एक रिसको झोंकमा गरिएको कार्य मान्नु अन्यायपूर्ण हुन सक्छ। किनभने उनले ​विदेशी हस्तक्षेपको प्रतिकार गरेका थिए । आफुलाई जतिसुकै आरोप प्रत्यारोप लगाएपनि सहने बानी परेका युवाराज आफ्नो देशको अस्मितामाथि आँच आउने कुरा उठेपछि चुप लाग्न सकेनन् । नेपालको आन्तरिक राजनीति र सुरक्षामा बाह्य व्यक्तिको अवाञ्छित प्रभाव बढ्दै जाँदा, पारस शाहले देखाएको त्यो कडा रूप "देश कसैको खेलौना होइन" भन्ने सन्देश थियो। एक सच्चा देशभक्तले आफ्नो भूमिमा बसेर अरूले देशको अपमान गरेको सहन सक्दैन। उनले कानुनको प्रक्रिया पर्खेर बस्नुभन्दा तत्कालै 'राष्ट्रिय अस्मिता' को रक्षा गर्नुलाई प्राथमिकता दिए। अनि यसलाई कसरी गलत भन्न सकिन्छ ?

परिवार र दिदीबहिनीको ढाल

​नेपाली समाजमा परिवारको रक्षा गर्नुलाई सबैभन्दा ठूलो धर्म मानिन्छ। युवराज पारस शाहले गरेका भनिएका कतिपय 'विवादास्पद' कार्यहरू वास्तवमा आफ्ना दिदीबहिनी र बुबाको सम्मानमाथि आएको आँचको विरुद्धमा थिए। एक दाजु वा छोराको नाताले आफ्नो परिवारमाथि कसैले आँखा उठाउँछ भने त्यसको प्रतिकार गर्नु उनको कर्तव्य थियो, ​संरक्षकको भूमिका थियो । राजसंस्था र राजपरिवारको मर्यादा गिराउने प्रयास भइरहँदा उनले देखाएको कडापन वास्तवमा एउटा सुरक्षा कवच हो । ​

अन्यायका विरुद्ध बोल्नु र लड्नुलाई 'उदण्डता' भन्न मिल्दैन। ​के चुपचाप अन्याय सहनु मात्र अनुशासन हो? पक्कै होइन। आफ्नो भूमि र रगतको रक्षाका लागि अडान लिनु नै वास्तविक अनुशासन र वीरता हो। ​निडर व्यक्तित्व हुन । उनी अरू नेताहरू जस्तो कुटनीतिको खोल ओढेर देश बेच्ने पक्षमा कहिल्यै रहेनन्। जे गरे, स्पष्ट रूपमा गरे। ​​उनमा न घमण्ड छ न कुनै ईष्र्या र डाह । ​ 'म युवराज हुँ' भनेर कसैलाई थिचोमिचो नगरी उनी आफ्नै शैलीमा बाँचिरहेका छन्।

मुलुक आज गम्भीर मोडमा आइपुगेको छ । जनता निराश छन्। दलहरूले राष्ट्रियताको सिन्को समेत भाच्न सकेका छैनन । यस्तो बेलामा पक्कै पनि भन्न मन लाग्यो यी दलका दलान भन्दा युवराज पारस शाह देशभक्त हुन् जसले कम्तीमा देशको अस्मितामा आँच आउन त दिएका छैनन्। उनलाई 'उदण्ड' भन्नेहरूले बिर्सिएका छन् कि उनले आफ्नो सम्पत्ति विदेशी बैंकमा थुपारेका छैनन्, न त नदीनाला नै बुदेशीलाई सुम्पिएका छन्। समय बदलियो, व्यवस्था बदलियो। तर, के जनताको अवस्था बदलियो त ? आज नेपाल 'एकादेशको कथा' बन्ने खतरामा पुगेको बेला, राजतन्त्र र युवराज पारस शाह जस्ता पात्रहरूलाई हेर्ने दृष्टिकोण बदल्न ढिला भइसकेको त छैन?

एक देशभक्त छोरो, जो परिस्थितिको चक्रव्युहमा फसेर पनि आफ्नो माटोप्रति वफादार छ। उनलाई नै विभिन्न लान्छना लगाएर आफू पानी मुनिको ओभानो बन्नु कतिको उचित होला ?

उसो त कुनै पनि व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक-फरक हुन्छ। कसैले युवाराज पारसलाई एउटा "देशभक्त तर परिस्थितिको शिकार" भएको व्यक्तिको रूपमा हेर्ने गरेका छन भने आलोचकहरूले उनलाई "जिम्मेवार पदमा बसेर मर्यादा नराख्ने" व्यक्तिको रूपमा हेर्छन्। तर, कसैको व्यक्तिगत स्वभाव र उसले देशलाई पुर्‍याको (वा नपुर्याएको) क्षतिलाई छुट्टाछुट्टै तराजुमा राखेर हेर्नु जरुरी छ। ​"गल्ती मान्छेबाटै हुन्छ, तर देशका गद्दार र परिस्थितिका शिकार बीचको फरक बुझ्न जरुरी छ।"

​अझ युवराज पारस शाहलाई बुझ्नका लागि उनको भित्री राष्ट्रप्रेम र पारिवारिक जिम्मेवारीलाई हेर्नु जरुरी छ। उनले चालेका कदमहरू धेरैका लागि 'अप्रिय' देखिए पनि, ती वास्तवमा देशको इज्जत जोगाउन र शत्रुलाई तह लगाउन चालिएका साहसी कदमहरू थिए। त्यसैले एक राष्ट्रवादीको नजरमा उनी सधैं "सिधा कुरा गर्ने र सम्झौता नगर्ने" निडर व्यक्तिका रूपमा स्थापित छन्। ​"जब राष्ट्र र परिवारको अस्तित्वमाथि प्रश्न उठ्छ, तब मौन बस्नुभन्दा गर्जनु नै एक वीर पुरुषको पहिचान हो।"

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

नेपालीको महान् पर्व ...

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि विधिवत् रूपमा सुरु भएको छ। आश ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved