तरकारीमा मनलाग्दी भाउ,सरकारी अनुगमन छैन

  • चैत्र २१, २०७६
  • कालापानी मिडिया
alt

२१ चैत, काठमाडौं । कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ । तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य नवीन शाहिका अनुसार अघिल्लो साताको तुलनामा यो साता तरकारीको भाउ ५० प्रतिशतसम्म घटेको हो।
शाहीले बजारमा तरकारी नियमित आइरहेकाले अघिल्लो साताको तुलनामा यो साता तरकारीको थोक मूल्य घटेको बताएका हुन् । कालीमाटीमा प्रतिकेजी गोलभेँडा ३८ रुपैया, बन्दा ३३ रुपैया, काउली स्थानीय २२ रुपैया, घिउसिमी २२ रुपैया, सेतो मुला १९ रुपियाँ थोकमा कारोबार भइरहेको छ । तर, खुद्रा बजारमा यी तरकारीको भाउ तिन चार गुना महँगो छ । पसलै पिच्छे भाउ तोकिएको छ ।

यसबारेमा कालीमाटी फलफुल तथा तरकारी वजार विकास समितिका सदस्य नबिन शाही भन्छन् "कालीमाटीबाट होलसेलमा लगेर खुद्रा व्यापारीले उपभोक्ताको ढाढ सेक्ने गरि मुल्य निर्धारण गरेको हामीले पनि सुनेका छौ ।"

उनले भने, "यो कुरा त सरकारले पनि सुनेको छ । तर के गर्नु पशुपतिनाथलाई साक्षी रोखेर भन्ने हो भने नेपालमा राज्य नै कमजोर छ । यतिका दिन भयो कोरोना सर्छ भदै लकडाउन गरिएको । तर, यो कालीमाटी र अन्य व्यापारीक क्षेत्रमा कतै पनि उपभोक्तको सुरक्षाकालागि कुनै कार्य गरिएको छैन । कालीमाटीमा हुलका हुल व्यापारी तथा उपभोक्ताहरु तरकारी लिन आउछन्, उनिहरुकालागि साबुन पानी, सेनिटाइज त परको कुरा एउटा जरो नाप्ने उपकरण सम्म पनि छैन । सामान खरिद गर्दा तिन मिटरको दुरी कायम लगर्नुपर्ने भनिएको छ, यहाँ त्यो पनि देखिदैन । हामीले यसलाई व्यवस्थापन गर्न पटक पटक समितिमा छलफल गरयौ । तर केही उपाय लागेन । यहाको अवस्था कहाली लाग्दो छ, उनले भने ।" 

उनले अगाडी थपे." यो देशमा माथीको आदेश नआए काम गर्ने भनेको प्रहरी रहेछ । अरु निकाय सब बेकार हुन कसैलै सहि काम गरेको छैन । त्यसैले शुक्रबार पनि समितिको बैठक बसेर तरकारी बाट्दा प्याकेज बनाएर अभाव भएको ठाउँमा बाट्नु पर्ने निणर्य गरेका छौ, निर्णय मन्त्रालयले कति लागु गर्छ ।,"

उसोत शुक्रबाट कालीमाटीबाट खुद्रा र मोटरसाईकलमा तरकारी ओसार्न दिएको छैन । होलसेलर त्यसमा पनि जसले गाडी लिएर आउँछ त्यसलाई बोरा नै नखोली दिने निर्णय समितले गरेको छ । मोटरसाईकललाई किन रोक्नु भयो त ? भन्ने हाम्रो जिज्ञासामा साहीले भने मोटरसाईकलमा आउने भनेको सना खुद्रा व्यापारी हुन् तिनले यताबाट दुई तिन पटक तरकारी ओसार्ने तर लगेको तरकारीमा २/४ रुपैया नाफा खाए त के तिन गुण बडि लिएर उपभोक्ता ठग्ने काम पनि तिनैले गरेका छन् र बजामा भिड पनि तिनकै कारण भएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved